भरत अंकल आउनु भयो एकदिन घरमा| भरत अंकलको अनुहारमा निरास्ता र आक्रोश दुवै थियो| अंकल फर्किएर गएपछी, दिदि भत्भताउदै कोठाबाट निक्लिनु भयो| दिदि धेरै पछी कोठाबाट निक्लिनु भएको हो| खुसि हुनु कि नहुनु म? खुसि हुन खोजे तर दिदिको आक्रोश देखेर खुसि हुन सकिन|
भरत अंकलले गुनासो पोख्न आउनु भएको थियो| गुनासो लिएर आउनु भएको भरत अंकल| गुनासो एउटा हैन दुइटा थियो| पहिलो, भिनाजुको अचेल काममा ध्यान छैन| भिनाजु निकै नै लापरवाही गर्न लाग्नु भएको छ| अफिस नजाने| घरबाट पनि केहि काम सकिएको नहुने| भिनाजुले गर्दा निकै नै घाटा भईसकेको रैछ| भरत अंकलको पहिलो गुनासो यहि थियो| दिदिले पहिले पनि कति पटक सोध्नु भएको थियो भिनाजुलाइ अफिस किन नगएको भनि| भिनाजुको जवाफ जहिले उही हुने, घरबाट नै काम सक्दै छु| के थाहा भिनाजु यस्तो गर्नु हुन्छ भनि| दोस्रो गुनासो दिदिसंग थियो भरत अंकलको| यसरि घरमा बस्दा पनि किन भिनाजुलाइ केहि नभनेको भनि|
“अब भरत अंकल तेरो भिनाजुसंग काम गर्न सक्दैनन् रे| कि हामीले पुरै पैसा दिएर दुवै होटेल अनि स्कुल लिनु पर्ने नत्र भरत अंकलले पुरै पैसा हामीलाई दिएर, त्यो स्कुल र होटेल आफै चलाउने रे| सम्झा तेरी भिनाजुलाइ|” दिदीले मसंग रिस पोख्दै हुनुहुन्छ| के भिनाजु अफिस नजानुको कारण म हो त? किन दिदीले मसंग यसरि बोलेको? के दिदीले मेरो र भिनाजुको बारे थाहा पाउनु भयो त? खैर, दिदिसंग त्यति धेरै पैसा छैन| भएको सबै पैसा यहि होटेल र स्कुलमा लगानी गन्रु भएको थियो| मसंग थियो पैसा तर दिदिले त्यो सहयोग लिन मान्नु भएन| बेलुका दिदि र भिनाजुको ठुलै झगडा पर्यो| खै के के कुरा भयो थाहा छैन तर दिदि भिनाजु दुवैको स्वर चर्को र आक्रोशित थियो| बेलुका भिनाजुको कोठामा जान खोजे भिनाजुले चुकुल लगाउनु बहेको थियो| भिनाजु र दिदिको कोठा बेग्लै भएको पनि धेरै भइसकेको थियो|
रातको दुइ बजे भिनाजु मेरो कोठामा आउनु भयो| म सुत्न सकेको थिइन| दिदि भिनाजुको चर्को स्वर अहिले सम्म पनि मेरो कानमा थियो| म आफ्नो ओछ्यानमा थिए, भिनाजु मेरो छेउमा आएर बस्नु भयो|
“आसिमा, म के गरौ भन त| तिम्रो दिदि मसंग रिसाएकी छे| गल्ति मेरै हो| म त्यसको लापरवाह हुनुहुन्थिएन| अब मेरो गर्न सक्छु यो सबै समाधान गर्न?” भिनाजुलाइ आफ्नो गल्तिको महसुस भएको थियो| लामो छलफल भयो| भिनाजुको योजनाहरु रैछ| भिनाजुको कोठामा गएर उहाले बनाएको भवनको सरचना र नक्सा हेरे| उहालाई एउटा ठुलो भवन बनाउन मन थियो| त्यस्तो भवन जहाँ सबै सामान पाउनेछ| नुन देखि सुन सम्म सबै नै| अनि त्यहि होटेल र मान्छे बस्न मिल्ने पनि होस्| मलाई भिनाजुको यो योजना चित्त बुझ्यो| भिनाजुसंग समर्थन जनाए| मेरो काखमा निदाउनु भयो उहा| उहा निदाएपछी म आफ्नो कोठा फर्किए|
निदाएको मात्र थिए, नराम्रो सपना देखेर बिउझिए| देखे कसैले दिदिको घाटी थिच्दै छ| पानि पिएर फेरी सुत्न खोजे तर मनले मानेन| एकचोटी दिदिको कोठा जान्छु सोचे| दिदिको कोठा गए, दिदिलाइ गाह्रो भएको थियो| दिदि छट्पटाउदै हुनु हुन्थियियो| भिनाजुलाइ उठाए र दिदिलाइ अस्पताल पुर्याएउ| डाक्टरले दिदिको रोग पत्ता लगाउन सकेन| कमजोरी र धेरै तनाव लिएर हो भन्ने निस्कर्षमा पुगियो| दिदिलाइ घर फिर्ता लगेउ तेस्रो दिनमा|
भिनाजुले दिदिसंग माफी माग्नु भयो| अनि अस्ति मलाई देखाउनु भएको सबै योजना दिदिलाइ देखाउनु भयो| दिदि खुसि| धेरै दिनपछी दिदीको मुहारमा हासो देखे| दिदिको पूर्ण सहमति थियो| दिदिले भरत अंकलसंग आफ्नो भागको पैसा माग्नु भयो र एउटा जग्गा हेर्नु भयो| जग्गा नदि छेउमा थियो र जग्गा कचौरा उपत्यकाको सबैभन्दा सानो जिल्लामा पर्थियो| त्यो जग्गा भन्दा केहि पर, पर्यटकीय पोखरी, पहिलेको दरबार र दहि निकै मिठो पाइन्थियो| त्यहि जग्गामा भवन निर्माण कार्य सुरु भयो| दिदिले बुवाबाट आएको सबै पैसा त्यहि नै उपयोग गर्नु भयो| भिनाजु अब घर कम भवन निर्माणमा धेरै ब्यस्त हुन थाल्नु भयो| दिदिको स्वास्थ्य पनि बिस्तारै निको हुदै छ| डाक्टरले भनेको सहि थियो सायद| जब दिदि भित्रबाट तनाब मर्दै जान्छ, दिदि बाच्दै जानुहुन्छ भन्थियो डाक्टरले| हो त्यहि नै हुदै थियो| दिदिर भिनाजुको सम्बन्ध बिग्रिएको थिएन तर पहिले भन्दा अझै मजबुत हुदै थियो| भिनाजु र मेरो लुकेको अ अनैतिक सम्बन्धको हत्या भएको थिएन| त्यो अझै पनि जीवित नै छ तर लुकेको छ अरुबाट|
“नानि, तेरो पैसा…” दिदीलाइ उहाको वाक्य पुरा गर्न नदिएर मैले जवाद फर्काइहाले “हुन्छ दिदि, चलाए हुन्छ|” अब मेरो भन्नु नै दिदि र भिनाजु मात्र हो| अनि त्यो पैसा, त्यसै ब्यांकमा छ| बरु चाहिएको छ भने प्रयोग गर्दा उत्तम हुन्छ|
“चलाउने हैन| हेर, तेरो पनि सपना छ अनि बुवाको पनि सपना थियो| दुवै सपनाबाट त धेरै पर जादै छस्| अविश आउदैन अब, अनि तैले आफ्नो सपना भुलिस जस्तो लाग्यो| अस्पताल खोल्नु नै छ तैले| बरु अब त पनि पढ, अनि आफ्नो सपना पुरा गर| अस्तिको पैसाले पढ्न पुग्छ र ब्यांकमा अभेको पैसाले अप्स्ताल बनाउन मिल्छ|” दिदीले मलाई आफ्नो उदेश्य याद दिलाउनु भयो| म यसरि भड्किएर हुँदैन, गन्तब्य तिर अग्रसर हुनुपर्छ| दिदीले भने जसरि म आफै चिकित्सक हुने भए र त्यसको लागि अध्यन गर्न छिमेकी देश जाने भए|
“ब्यांकमा पैसा राख्नु भन्दा, जग्गा किने हुन्छ| फर्किएपछी बेच्नु| पैसा दोब्बर तेब्बर हुन्छ|” भिनाजुले सल्लाह दिनु भयो| भिनाजुको सल्लाह बमोजिम थोरै पैसा राखे र बाकिको जग्गा किने| ६ महिना पछी पढाइ सुरु हुने भएको थियो| ६ महिना दिदि भिनाजुसंगै बस्ने भए|
सबै राम्रो नै चल्दै थियो, 5 महिना बितेको पत्तो भएन| भिनाजुको भवन पनि धेरै तैयार भईसकेको थियो| कति तल्ला छ भनि मलाई ठ्याक्क याद भएन तर 10 तल्ल माथि थियो| सबै तल्लामा पिलर र छत ढलानको कार्य सकिसकेको थियो| अब भित्ता लगाउन मात्र बाकि थियो| तर सबै सोचेको जस्तो नहुने|अब थप निर्माण गर्न नमिल्ने भएको छ| बाटो मिचेको र नक्सा बिपरित भवन बनाएको भनि कारबाही सुरु भयो| भत्काउनु पर्छा सायद पुरै भवन नै|
“मैले बाँस भवन बनाउदा अनियमिता भयो भनि कारबाहीको माग गरेको थिए, त्यसैको बदला लिएका हुन्|” भिनाजुले भन्नु भयो| धेरै भनसुन गरियो तर त्यो भवन सम्पन्न गर्न नमिल्ने भयो| दिदिको सबै सम्पति र अहिले हामि बसेको घर बन्दकी राखेर पनि पैसा निकाल्नु भएको थियो, त्यो सबै यहि भवनमा थियो| ठुलो घाटा भयो| त्यो दिन देखि दिदि फेरी सिकिस्त हुनु भयो| कोठाबाट बिरलै निक्लिनु हुन्थियो| दिदि बिस्तारै ओछ्यानमा नै पुग्नु भयो|
“हामि भोलि बिहानै यहाँबाट हिड्नु पर्छ|” दिदिले भिनाजु र मलाई अगाडी राखेर भन्नु भयो|
भरत अंकल ले सुराकी पाउनु भएछ| ठगिको र त्यो भवन बनाउदा बाटो मिचेको मुद्दामा भिनाजु र दिदि माथि कारबाही सुरु भएछ| अबको केहि दिनमा पक्राउ पुर्जी जारि हुनेछ| त्यो भन्दा अघि नै देश छाड्नु पर्ने बताउनु भयो दिदिले| हामिसंग अझै ३ दिन होला, त्यो दिनमा सिमाना पारि पुग्न सम्भव छ|
बिहानै उठेर म तैयार भए र चाहिने जति सामान झोलामा हाले| दिदिको यो घर बन्दकी थियो, त्यसैले घरको पिर गर्नु परेन| घर कबुल्ने मानिसलाइ ब्याज र साउ गरेर थुप्रै पैसा दिन बाकि थियो| दिदिको कोठा गए, दिदि अहिले सम्म पनि उठ्नु भएको थिएन| दिदिलाइ उठाउन खोज्छु, दिदीको शरीर चिसिएको छ….
