Part 7

मैले पनि कुनै आपत्ति व्यक्त गरिन र केहि बेर पछी मेरो हातमा मोबाइल दिदै उसले भन्यो “नम्बर सेभ गरिदिएको छु उनको| मोज गर, के याद राख्छस्!”

सिडले क्षण भरमै त्यहि उएता दिल हजारौ पल्ट जित्यो| खुसि हुन धेरै केहि नचाहिने, कसैले मोटाएको रैछस भन्दा त खुसि हुने म, साथीले मन परेको केटीको नम्बर मोबाइलमा सेभ गरिदियो| त्यो पनि आफै, मैले केहि नभनी, कति खुसि भए के भन्नु म|

खुसि त भए तर…

तर माल पाएको तर चाल नपाएको मान्छे हु म…

चाल नपाएको भन्दा पनि..

माल पाएको तर आट न आएको मान्छे हु म|

फेरी माल भनेर अपशब्द प्रयोग गरेको नसोच्नु होला| यो एउटा उखान हो| मैले कुनै महिलालाइ उल्लेख गरेर भन्न खोजेको हैन| मेरो शब्द चयन गलत भएपनि मन चाही साफ छ| त्यसैले यो मुटुमा उनलाई रानी बनाइ राख्न मन छ| राजा बिनाको देश चलेको देखेको छु तर अब यो मन उनि बिना चल्दैन|

अहिले सम्म कसरि चल्दै थियो भनि प्रश्न आयो होला है?

हुन्छ नि, त्यो भावना जहाँ हजुर आफैलाई थाहा हुन्न कि हजुरलाइ के चाहिदै छ भनि| तर एउटा यस्तो समय आउछ जहाँ हजुरको चाहना के हो हजुरलाई थाहा हुन्छ अनि त्यो चाहना हजुरको अगाडी हुन्छ| अब तपाइँ त्यो बालक जस्तो बन्न पुग्नु हुन्छ जसलाई बाटोमा कुनै खेलौना वा मिठाइ मन पर्यो, अनि त्यो चिज हजुरलाई जसरि पनि चाहिन्छ| चाहे झगडा गर्नु परोस्, चाहे ठुस्किनु परोस् या चाहे हर्कत देखाउनु परोस्| बाल्यकालमा पो सजिलो थियो, हाम्रो जिद्दी भगवानले पनि मान्ने पर्ने, आमा बाबा भगवान जो हुन्|

तर अहिले त्यस्तो सजिलो कहाँ छ र!

चाहना मन भित्र नै राख्नु पर्छ…

सपना आखाँमा नै सिमित हुन्छन…

भावानाको हत्या कहिले जिम्मेवारी गर्छ अनि कहिले बाध्यताले…

अनि थुप्रै इच्छाहरु मन भित्रको चिहानमा गाडिन पुग्छन जब आट कम हुन्छ आफु भित्र|

मेरो हालत पनि त्यस्तै नै थियो| साथीले नै उनिसंग चिनजान गराइदियो| साथीले नै उनको नम्बर पनि ल्याइदियो| सबै चिज मेरो अगाडी पस्किएको खाना जस्तै तैयार भए पनि मैले उनलाई फोन गर्ने आट गरिन| यस्तै हालत हो भने, सुहागरातको दिन पनि साथीलाई नै बोलाउनु पर्छ मैले| हरे मेरो भाग्य| अरुको अगाडी बाघ हुने म, उनको अघि लाजको घुम्टो किन ओढ्छु?

फेरी फोनमा नै कुरा गर्नु पर्छ भन्ने पनि छ र? सधै उनीलाई कलेजमा देख्थिए| कलेजमा बोलिन्थियो पनि| सधै नभए पनि कहिले काही चाही बोलिन्थियो| कलेज भन्दा बिशेष भएंको मेरो लागि बस चढ्नु हुन्थियो| १९९० तिर जन्मेकाले शनिबार फ्लिम हेर्न पर्खीए जस्तै, अहिलेको फेस्बुके रोमियो जुलिएतले एक अर्काको मेसेज पर्खीए जस्तै, चुरोटे हरुले चुरोट सल्काए पछी चिया पर्खिए जस्तै, मासु खानको लागि शनिबार पर्खिए जस्तै, म बसमा उनलाई पर्खिएर बसेको हुन्थीए|

सधै एउटा बसमा, संगै एउटा सिटमा, बसेर अनगिन्ती पल बितायौ हामीले| गफ के भयो भनि रहनु पर्दैन होला तर जति गफ बढ्दै थियो, त्यति हामि बीचको दुरी घट्दै थियो| उनलाई पनि म प्रति त्यहि भावना छ जुन मलाई उनि प्रतिछ, हो मलाई त्यहि महसुस हुदै थियो| किन कि, संगै समय बिताउनु भनेको संगै जीवन बिताउनु हो अनि हामि त्यहि नै गर्दै थियौ| झन् उनले मलाई बिगतका घटना बारे यति मज्जाले बर्णन गर्दै थिइन् कि त्यो पल उनले म संग नै बिताएको जस्तो अनुभव हुदै थियो| मायामा परेको मान्छे कि हर्षको आकाशमा उड्छ कि आशुको पोखरीमा डुब्छ भन्थिए, मेरो के हुने हो त्यो समयलाइ जिम्मा दिए|

यसरि नै ४ महिना बित्यो| समय छिटो बितेको हो कि मेरो भ्रम थियो तर चार महिना साच्चिकै बिती सकेछ| परिक्षा अब दुइ हफ्ता पछी| बोर्डको परिक्षा हैन तर आन्तरीक परिक्षा पनि उत्तीर्ण हुनै पर्ने हाम्रो कलेजमा| परिक्षाको तैयारिको लागि २ हफ्ता बिदा पनि| पढ्ने मान्छेलाइ बिदा राम्रो हो तर म जस्तोलाइ बिदा के क्लास के| झन् बिदा नहोस् सोचेको, उनिसंग भेट हुन्न| तर मेरो लागि मात्र भनेर कलेज पनि खोल्दैनन्, म महाराजा परिन|

दुइ हफ्ता उनि बिना कसरि बस्नु? उनि मेरो आदत भएकी थिइन्| मैले आफुलाई रोक्न सकिन र …

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts