दिउसो भरि एक चिज मात्र थियो मेरो दिमागमा, मैले बिस्वास संग सम्बन्ध सुरुवात गर्ने मेरो निर्णय सहि कि गलत| त्यो निर्णय सहि कि गलत भनि फैसला नहुदै, मैले अर्को निर्णय लिए, अनि यो निर्णय पनि सहि हो कि गलत थाहा छैन मलाइ|
मामाले अस्ति काठमाण्डौमा एउटा जागिर छ, सोच अनि गर्ने कि नाई भन भन्नु भएको थियो, नसोची गर्दिन भनेको थिए तर अहिले परिस्थितिले सोच्न बाध्य बनायो, धेरै सोचेपछी काठमाण्डौ जाने निर्णय लिए| यो निर्णय मलाई बाहेक अहिले सम्म अरु कसैलाई थाहाछैन, मैले मन मनै लिएको निर्णय मनमा नै राखे| मामालाई चाही खाना खाएपछि फोन गरि भन्छु सोचेर बसेकी छु म| घर पुग्ने बित्तिकै आमालाई भान्सामा सघाउन लागे र त्यसपछि बाबाको गफ सुनेर बसे एकैछिन| बाबा पनि एकछिन पछी जानु भयो आफ्नो कोठा तिर अनि आमा सिरियल हेर्दै हुनु हुन्थियो,आमाको छेउमा तोरीको तेलको बटुको लिएर गए र टक्रक्क बसे| मेरो कपालबाट क्लिप निकालेर आमाले मेरो टाउको आफ्नु काखमा लगेर राख्नु भयो र कपालको जरा सम्म पुग्ने गरि तेलले मालिस गर्दिन लाग्नु भयो|
मोबाइल मैले आफु साथमा ल्याएकी थिन, कोहि संग बोल्न मन थिएन र मोबाइल चलाउने इच्छा पनि थिएन| १०:४५ सम्म आउने रैछ आमाले हेर्ने सिरियल, त्यसपछि मेरो हातमा रिमोट थमाएर आमा पनि भान्सा तिर जानु भयो| फर्किदा एउटा बोतलमा पानि लिदै आउनु भयो र त्यो बोतल मलाइ दिएर आफ्नु सुत्न जानु भयो| यसै टिभी कम हेर्ने बानि मेरो, अफिस जान लागेपछि टिभी हेरेकै थिन,आज धेरै दिन पछी रिमोटले च्यानल बदल्दै छु, कसले सोचेको थियो,च्यानल बदलिए जस्तै मेरो जीवन पनि सजिलै नै बदलिने छ| एक पछी अर्को च्यानल बदलिए तर केहि हेर्न लायक भेटिन, समय गलत भएर होला केहि कुरा पनि सहि छ भनेर अनुभूति नै नहुने|
मन एक ठाउमा छैन भने म मान्छे कसरि एक ठाउमा बस्न सक्छु, भुइँबाट सोफा पुगेकी म,सोफाबाट आफ्नो कोठा पुगे| कोठा पुग्ने बित्तिकै मोबाइल लिए, बिस्वासको १६ वटा मिसकल अनि दुइटा मेसेज, पहिलो मेसेजमा लेखिएको थियो “फोन उठा न”, अनि दोस्रोमा “माया, आइ एम सरि,फोन उठान|”| तातो भात माथि भएको घिउ पग्लिन समय लाग्छ होला तर उहाले भन्ने त्यो माया शब्दले मलाइ पगाली हाल्छ, चाहे म जति रुखो हुन खोजु| बिस्वासलाई फोन गर्न भनि उहाको नम्बर आफ्नु मोबाइलमा ल्याएकि मात्र के थिए, एउटा अर्को सोच आयो दिमागमा, उहासंग बोल्दै गएपछि कहिँ काठ्मान्डु जान्छु भनि मैले गरेको निर्णय मैले बदलिन्छु कि भनि| बिस्वासलाई फोन गर्नु अघि मामालाई फोन गर्ने सोच लिए, हुन त रातको ११ बजि सकेको थियो तर मामा बिउझिनु भएको छ भनि चाही म पक्का थिए|
“मामा हजुरले भनेको ठाउमा जागिर अझै पनि छ?”
“अहिले भर्खर त्यहि कुरा हुदै छ मेरो, त्यो अफिसको साउ म संगै हुनु हुन्छ अहिले, तिम्रै बारेमा सोध्दै हुनु हुन्थियो| तिमि आउछौ भनि भन्दिनछु है त|”
“हुन्छ मामा,पक्का हो त्यसो भए जागिर?”
“पक्का हो, अहिलेको अफिसमा पनि अब छोड्ने भनि भन्देउ|”
“हुन्छ मामा, म भोलि भन्छु अफिसमा|”
“अनि तिमि एक्लै आउने हो कि, तिम्रो बाइक वाला पनि आउने हो|मैले उहाको पनि कुरा गरेको छु यहाँ|”
“हैन म मात्र हो मामा|”
धन्न मामा लाई बिस्वासको बारेमा सबै कुरा भनिन् छु नत्र अहिले आएर के सोच्नु हु थियो मामाले| मामालाई पक्का आउछु भने तर बिस्वास संग बोल्दै गएपछि पग्लिन्छु कि भन्ने डर बरकरार नै थियो,त्यसैले भोलि अफिसमा पठाउनु पर्ने इमेल अहिले लेख्न लागे, राजिनामा दिदै छु भनि| इमेल लेखे अनि एच्.आर. म्यानेजर लाइ पनि पठाए,यति भएपछी मैले पछी फर्किने कुनै बाटो नै बाकि राखिन, अब म पग्लिए पनि मेरो निर्णय चाही फेरिन्न|
जति दिन अब बुटवल बस्छु,त्यति दिन चाही बिस्वास संग हासिखुसी बस्छु सोचे, उहाबाट केहि आश पनि गर्दिन र उहालाई केहि कुराको गुनासो पनि गर्दिन भन्ने अठोट लिए मनमा| नहुनु भुल भयो,अब यो भूलमा पनि मिठास थप्न खोज्दै छु म,थाहा छ नोक्सान गर्छ यो मिठासले तर जब नासिनु नै छ भने, हासी हासी रमेर नासिन्छु| बिस्वासलाई फोन लगाए र उहा संग केहि भएकै झैं जसरि बोल्न लागे,उहालाई भनक भनि भएन अहिले मेरो दिमाग र दिलमा के चल्दैछ भनि|
दिनको सुरुवात हामि दुबैको लागि प्रतिकुल थिएन भने, दिनको समाप्ति चाही हासोको साथ नै भयो, उहा भित्र बाट नै हास्दै हुनु हुन्थियो भने, म उहाको लागि हास्दै थिए|
