दिनको सुरुवात हामि दुबैको लागि प्रतिकुल थिएन भने, दिनको समाप्ति चाही हासोको साथ नै भयो, उहा भित्र बाट नै हास्दै हुनु हुन्थियो भने, म उहाको लागि हास्दै थिए| त्यो मान्छे जसले सानु सानु बहाना दिन्थियो मुस्कुराउन लाइ, आज उसले गर्दा नै मुस्कुराउने चाहना मेटिएको छ तर पनि हास्न खोज्दै छु म, बिस्वासको लागि भएपनि| हिजो जस्तै निन्द्रा आज पनि लागेको छैन मलाई, हिजो एउटा कारणले दिमागमा कब्जा जमाएको थियो भने आज दिमाग खल्बलाउने कारणहरु एक भन्दा बेसी छन्| बिस्वासले म संग केहि कुरा लुकाउदै हुनुहुन्छ थाहा छ मलाई तर मलाई चाही गाह्रो हुदै थियो उहासंग कुरा लुकाउन, अफिसबाट थाहा हुनु अघि अफिस छोड्ने कुरा आफैले भन्न मन थियो उहालाई तर दिमागले मनको कुरा सुनेन र उहालाई यस बारे केहि भनिन| गफ सामान्य हुदै थियो तर अचानक गफले मोड परिवर्तन गर्यो|
“बिस्वास गर्, जीवनमा जस्तो मोड आओस्,तलाई छाडेर जान्न म|” बिस्वासले अचानक यो वाक्यको प्रयोग गर्नु भयो, किन भने मलाइ थाहाछैन|
“बिस्वास खै कसको गर्नु यहाँ| जन्म देखि संगै भएका खुट्टाहरु त अघि बढ्न खोज्दा हरेक पाइलामा छुट्टिनु पर्छ,झन् हजुर पराइ मान्छे, पाइला चाल्नु अघिनै छुट्टिनु भयो भने|” छुट्टीदै त छौ हामि,फरक यति हो पाइला म चल्दै छु,उहा जहाँको त्यहि हुनु हुन्छ|
“त उनि छुट्टीएको देख्छ्स्, म चाही अलि भिन्न देख्छु त्यहा| उनि संघर्ष बीच पनि एकैछिन भएपनि,संगै हुन पाएका छन्|” उहा त्यसै लेखक हुनु भएको हैन, उहासंग्जे कुराको पनि जवाफ छ|
“तर मिलनको त्यो एक छोटो पलको लागि, उनीहरुको पर्खाइ कति धेरै छ| थोरै पलको मिलनको लागि जिन्दगि भर नै तड्पिनु पर्ने?” उहाको संगतले मैले पनि जवाफ खोज्न जानी सकेकीछु,उहालाई उहाकै पारामा जवाफ फर्काए|
“तलाई कसले भन्यो हाम्रो सम्बन्ध त्यो खुट्टा जस्तै हो| त मुटु भए म धड्कन हो, बाचुन्जेल संगै हुन्छौ,छुट्टिनलाइ मृत्यु नै आउनु पर्छ|” मैले भने नि उहासंग बोल्यो भने म पग्लिंछु,म पग्लिने कारण उहाको यस्तै वाक्यहरु हो| त्यसैले काठ्मान्डु जाने निर्णय पक्का भएपछी मात्र उहालाई फोन गरेको हो मैले|
आज पनि उहासंग बोलेर जित्न सकिन, एउटा इच्छा छ, एकदिन उहालाई चुप गराउने गरि बोल्न मन छ| उहासंग यति थोरै समयमा यति धेरै पल बिताएकी छु मैले, मैले बोल्ने हरेक एउटा शब्द उहासंग जोडिएको छ जस्तो लाग्ने| जस्तै अघि भर्खर मैले उहालाई चुप गराउन मन छ भने, कहिले काही बोल्दा बोल्दै के कुरा मिल्दैन थियो हामि बीच अनि मैले रिसाएर “चुप” भन्थिए| यसको जवाफमा उहाले आफ्नु ओठ मेरो गालामा लग्नु हुन्थियो र “चुप्पा” भन्दै म्वाई खाएर हास्न लाग्नु हुन्थियो| मैले भने नि, मेरो एक एक शब्द उहा संग जोडिएको छ,उहासंग पर हुने सोचले झन् झनै गाह्रो बनाउन लाग्यो मलाइ| बोल्दा बोल्दै शब्द फुटेन मुखबाट, भक्कानिएर रुन मन लाग्यो तर फोनमा उहासंग बोल्दा बोल्दै रुन पनि नमिल्ने| निन्द्रा लाग्यो भनेर फोन राख्न खोजे,उहाले हुन्न पनि भन्नु भएन तर राख्छु भनेको अर्को ३० मिनेट अझै बोलियो|
फोन राख्ने बित्तिकै बिस्वाससंग बिताएका एक एक पल सम्झी, सिरानीमा आफ्नु अनुहार गाडेर भक्कानिए म, आशु मात्र हैन थोरै पिडा पनि सोस्यो सिरानीले| न म कुनै सिनेमा घरमा थिए न मेरो अघि कुनै पर्दा छ तर पनि मेरो आखा अगाडी बिस्वास संग बिताएको एक एक पल दुरुस्त चल्दै छ| उहाको स्पर्श महसुस गर्न सक्छु म, उहा मेरै सामु भएर मलाई अंगालोमा हालेको जस्तो महसुस हुदै छ,उहाको हातले मेरो कपाल चलाएको हो कि जस्तो हुदै छ, हामि नाजिकिदाको उहाको सास जसरि महसुस गर्थिए मैले अहिले पनि त्यो सास महसुस गर्न सक्छु,उहाको ओठले मेरो हरेक अंग चुमेको स्पर्श हुदै छ,पक्कै पनि कल्पना नै होला मेरो यी सबै,त्यसैले आखा चिम्लिए र यो पलहरु कल्पनामा भएपनि बाच्न लागे र कल्पना बीच नै निदाउन पुगेछु|
“मामु, म काठ्मान्डु जाने भए नि|” बिहान ७ बजे निन्द्रा खुल्ने बित्तिकै भान्सामा कफी बनाउदै मामुलाई पनि भने आफु काठ्मान्डु जाने कुरा|
“थाहाछ, बिहानै तेरो मामाले फोन गरेर भनि सक्यो” मामाले किन मामुलाइ भनेको होला के,म आफै भनि हाल्थिए नि| अस्ति जति खुसि हुदै काठमान्डौ जा भन्नु हुन्थियो मामुले, तर त्यो खुसि आज देख्न सकिन मैले मामुको अनुहारमा, सायद उहालाई म नजाओस् भनि होला तर अब यो निर्णय बदलिन मिल्दैन|
मामु पछी गएर बुवालाई सुनाए,बुवा चाही खुसि नै हुनुहुन्थियो, कहिले जाने भनेर सोध्नु भयो,त्यो चाही आज बेलुका सम्म मात्र थाहा हुने कुरा बताए बुवालाई| मामु,म अनि बुवा,आज तिन जना संगै बसेर खाजा खान लागेको धेरै दिन पछी हो| अब जति दिन बस्छु,त्यसको एक एक पल म आफ्नु लागि हैन,बिस्वास अनि परिवारको लागि बाच्नेछु| बरु आज मलाइ अफिसमा चाही के भन्ने हो भनि दिमागमा प्रश्न आउदै थियो,किन छोड्न लागेको भनि सोध्यो भनि के जवाफ दिने होला मैले फेरी, अब चाही दिमागको राइता बन्ला जस्तो भयो|
थप अरु केहि सोच्नु अघि मोबाइल बज्यो मेरो,बिस्वासको फोन थियो|
