थप अरु केहि सोच्नु अघि मोबाइल बज्यो मेरो,बिस्वासको फोन थियो| मैले भनि रहनु पर्दैन होला बिस्वासले किन फोन गर्नु भएको, उहाको फोन आए लगत्तै निक्लिए म घरबाट अफिसको लागि| अफिस अघि क्याफे गयौ सधै जस्तो| काठमाण्डौबाट फर्किएपछी हाम्रो सम्बन्धले धेरै उकाली ओराली गर्नु परेको छ,कुनै पल अमिलो थए भने कुनै गुलियो अनि कुनै भने टर्रो, तर अब यो सम्बन्धबाट म पर जानु अघि यो सम्बन्धमा जति सक्दो मिठास भर्नु नै उदेश्य बनेको छ मेरो| घर अघिबाट बिस्वासको बाइकमा बस्ने बित्तिकै मेरो दुवै हातले उनको कम्मरलाइ बेर्न पुगेका थिए भने मेरो निधार उहाको काधमा अडेस लागेको थियो| उहालाई मन पर्ने एउटा गित छ “पुरानो हुदैन माया”, क्याफे पुग्ने बेर सम्म एक पल्ट उहालाई गएर सुनाए यो गित र त्यसपछि केहि गफ|
क्याफे पुगेपछिको माहोल पनि रमणीय थियो, सधै आमुने सामुने बस्ने हामि,आज भने उहाको छेउमा गएर बसेकी थिए| कुनै सानो बच्चालाइ जसरि आफ्नु खेलौना प्यारो हुन्छ र उसले त्यो खेलौना एकछिन छोड्न मान्दैन नि, आज त्यो सानु बच्चा म भएकी थिए,त्यो खेलौना बिस्वासको हात अनि त्यो हात एकछिन छोड्न मन छैन मलाइ| मेरो अर्को हात चाही बेला बेला उहाको कानको वरी परि चलाउन पुग्थियो भने बेला बेला उहाको कपाल| अरु दिन दुबैले अलग अलग चुरोट सल्काउथियौ भने आज एउटा चुरोट नै पालै पिलो गरेर तान्दै थियौ हामि| आज म मा आएको परिवर्तनले बिस्वास पनि केहि चकित हुनु भएको छ|
अफिस चाही केहि भिन्न रहयो| बिहान संगै गयौ खाजाको लागि त्यो र बेला पनि म उहासंग चलीराथिए| तर खाजा पछी बातावरण केहि भिन्न रहयो,बिस्वास लगभग ४५ मिनेट मिटिंगमा ब्यस्त हुनु भयो र उहा मिटिंगबाट निक्लिने बित्तिकै मलाई बोलाइयो मिटिंग कक्षमा| “किन अचानक अफिस छोड्न लागेको, के कुरामा चित्त बुझेन, अफिसले केहि गरेर मेरो यो निर्णयलाइ बदल्न सक्छ कि?” यस्तै धेरै प्रश्नहरु आए मलाई त्यहाँ| मैले सबै प्रश्नहरुको जवाफ मिले सम्म सकारात्मक तरिकाले नै दिए, जे हो त्यहि भने,केहि झुठ बोलिन,केहि सत्य चाही लुकाको अबस्य थिए| पूर्व सूचना नगरेको अवस्थामा, राजिनामा दिएको २१ दिनसम्म अफिसमै कार्यरत हुनु पर्ने रैछ म| सोझो शब्दमा भन्नु पर्दा, अझै २१ दिन यहि अफिसमा हुने भए म|
मिटिंग कक्षबाट निक्लिने बित्तिकै बिस्वासले मलाइ अफिसको बाल्कोनीमा लग्नु भयो बिस्वासले,उहाले मलाइ के को लागि त्यहाँ लग्नु भएको मलाइ राम्ररि थाहाछ| म तैयार थिए बिस्वासको हरेक प्रश्नको जवाफ दिन, आज पग्लिन्न भन्ने निधो गरेकी छु मैले पनि|
“तैले अफिस किन छोड्न लागेको?”
“हजुरले भनेर|”
“मैले कहिले भने?”
“अस्ति काठमाण्डौबाट अफर आएको छ भन्दा जा भनेको हैन|”
“त्यो त मैले त्यसै भनेको थिए|”
“मैले हजुरले त्यसै भनेको कुरा बुझिन छु त्यसो भए|”
“तर तैले अफिस छोड्ने कुरा मलाइ त बाट किन थाहा भएन? मलाइ अरुले भन्नु पर्यो|”
“धेरै कुरा छन् हामि बीच जुन एक अर्कालाइ थाहा छैन,केहि हजुरले भन्न बाकि छ र केहि मैले|”
“माने मैले बाकि छ तर तैले मलाई किन नभनेको अफिस छाड्ने कुरा?”
“पर्खाइमा थिए,सहि समयको|”
“मैले बुझे तैले के भन्न खोजेकी, सम्बन्धमा लागेको कुरा भनि हाल्नु पर्छ,यसरि अमन भित्र राखे भने दुबैलाई हानि हुन्छ|”
“मैले केहि हानि भएको देखिन त, म खुसि छु काठमाण्डौ जान पाउदा,अब हजुर नि मेरो खुसीमा खुसि हुनु,माया यहि हैन त लेखक जि?”
“त म संग झगडा गर्ने निउ खोज्दै हो? अघिसम्म त अर्कै थिइस्,अहिले अचानक तलाई फेरी के भयो?”
“लेखक जी,मलाई केहि भएको छैन,म अहिले पनि अघि जस्तो नै छु, भन्नु पर्दा म जहिले बाट नै यस्तै हो| परिवर्तन हजुरमा आएको हो, बदलिएको हजुर हो ,म हैन|एउटा कुरा भन्छु,मान्नु हुन्छ?”
“तैले भनेको अहिले सम्म नमानेको केहि छ र?”
“मैले सिधा जवाफ खोज्दै छु,हजुरले प्रश्न गर्नु भयो मलाई उल्टै|”
“मान्छु हौ तैले जे भने पनि,भन्|”
“म अब ३० दिन मात्र हुन्छु बुटवलमा, म यहाँ बाट हजुरसंगको मिठा याद लिएर जान्छु, त्यसैले मिठा पल बिगार्ने केहि कुरै नगरम हामि| बिन्ति गर्छु हजुर संग|”
“तेरो इच्छा, म केहि भन्दिन र अब भनेर पनि केहि फाइदा छैन|”
दिउसो भरि हामी कम बोलेउ तर हाम्रो आखा भने बोलि रहे| बिस्वास खुसि हुनु हुन्थिएन मैले अफिस छाडेर जादा, यो कुरा उहाको मुहार र व्यवहार दुबैले दर्शाउछ| अफिस पछी क्याफेमा उहाले मलाई एकछिन पनि अन्गालोबाट हटाउन मान्नु भएन| क्याफे पछी घर पुग्दा,आमाको मुहारमा पनि निराशपन देखे मैले| म जाने लागे भनेर हो, कहिले छुट्टिएर बसेको छैनौ मामु र म,तर अब छुट्टिनु पर्छ भन्दा उहालाई जति गाह्रो भएको छ,त्यत्तिकै गाह्रो मलाइ पनि हुदै छ| मामु,बाबा,बिस्वास अनि आफ्नो जन्मथलो बुटवल,यो चार चिज छाडेर जान मेरो लागि पनि कहाँ सजिलो छ र तर मैले केहि कदम अघि चाली सकेकी थिए जहा पछी फर्किने कुनै तरिका नै छैन|
खाना खादै गर्दा बुवाबाट एउटा प्रश्न आयो,जसको जवाफ म संग थियो पनि र थिएन पनि|
