Part 86

खाना खादै गर्दा बुवाबाट एउटा प्रश्न आयो,जसको जवाफ म संग थियो पनि र थिएन पनि|

“काठमाण्डौमा कस्कोमा बस्छेस्?” बुवाको यो प्रश्नको उत्तर म संग थियो पनि र थिएन पनि,अनि यो कुरा बुवालाई पनि राम्ररि थाहाछ| आफन्तकोमा घुम्न जादा बस्न पनि धेरै बसेको हो, मामाघर नै हो मेरो काठमान्डौ तर अब महिनौ त्यहि गएर बस्न भने सक्दिन म| पुर्णिमाको चन्द्रमाको पनि त्यति महत्व हुदैन होला यदि त्यो सधै देखिने भए, आफन्त पनि त्यहि त हुन्, अन्तराल पछी भेट्दा राम्रो सधै भेट्दा खल्लो| त्यसैले म कहाँ बस्छु भन्ने थाहा नभए पनि,म कहाँ बस्दिन भन्ने चाही मलाइ मज्जाले थाहा थियो|

“शोभा संग बस्छु नि|” बुवासंग अनि मामुसँग पनि,हो दुवै संग यो सानो झुठ बोले, उहाहरुले धेरै गरीसक्नु भयो मेरो लागि, अझै धेरै चिन्ता नलिनुहोस भन्ने चाहना मेरो,त्यसैले बोल्नु परेको हो झुठ| शोभालाइ चाही म काठमाण्डौ आउदै छु भनेर भनेकी पनि थिन मैले, अनि उसंग बस्न पनि मिल्दैन,उ संजोकसंग बस्दै छे, भातको गासमा ढुंगा बन्न मन छैन मलाइ| तर यो झुठ बोलेपछि,बुवा आमा चाही ढुक्क हुनु भयो र उहालाई देखेर म पनि खुसि भए|

शोभाले म काठमाण्डौ आउने थाहा पाएपछि,उसले मलाइ आफुसंग बस्न भन्छे पक्का छु म तर अघिनै भने मैले, गासको ढुंगा हुनु छैन मलाई| तर अब चाही शोभालाई भन्ने बेला भयो, शोभासंग मामु पनि बोल्नु हुन्छ,अहिले पनि शोभालाई भनिन भने, यता मामु रिसाउने झुठ बोले भनेर,उता शोभा रिसाउछे उसलाई भनिन भनेर| हुन त शोभा संग पनि केहि मात्रामा झुठो बोल्नु छ, उसलाई काठमाण्डौ आउने कुरा भर्खर निधो गरेको भन्नु पर्छ नत्र उ रिसाउछे,मैले ढिलो भने भनेर| ढिला नगरी शोभालाई फोनमा एक एक कुरा सुनाए, केहि कुरा भन्न छुटाएको थिन तर केहि कुरा चाही संसोधन चाही गरेकी थिए|

“मोज हुने भयो, त अनि म संगै बस्नु पर्छ है|” मैले भने नि, मैले जे सोचेकी थिए उसले त्यहि भनि| उसले म अनि उ संगै बस्ने कुरा गरि तर मलाइ त्यो गर्नु थिएन|

“मैले घरमा त्यहि भनेको छु,त अनि म संगै बस्ने भनेर,मामुलाई पनि त्यहि भन् है सोध्नु भयो भने|” घरमा जे झुठो बोलेकी थिए, त्यो झुठ मामु अघि नखुलोस् भनि शोभालाई पहिले देखि भनेर तैयारी पुरा गरे|

“मतलब?त मसंग बस्ने हैन?बिस्वास पनि संगै आउदै हो त संग?” मैले भन्न नपाउदै उसले बुझिसकी,हामि संगै बस्दैनौ भनेर, त्यसै आन्द्रा जोडिएको साथि भन्छु उसलाई|तर उसले अलि धेरै बुझी जस्तो पनि भान भयो मलाइ|

“हैन,बिस्वास किन आउनु| अनि बिस्वास आएपनि म किन उहा संगै बस्छु र?” म को सँग बस्छु भनेर मलाई पनि थाहा थिएन, तर उसले कुरा अर्कै मोड तिर लगी, त्यसैले मेरो जवाफ पनि केहि आक्रोशित शैलीमा नै आयो||

“मतलब अहिले सम्म बोलचाल मिलेको छैन बिस्वास संग?म एक पल्ट बिस्वास संग कुरा गरु?” बिस्वास अनि म बीचको सम्बन्ध पहिले जस्तो राम्रो छैन म स्वीकार्छु तर शोभाले सोचे जस्तो बिग्रेको पनि छैन,उसंग नबोलेको धेरै भएर हो,उसलाई खासै केहि कुरा थाहा पनि छैन|

“हैन मिलिसक्यो सबै कुरा,तैले केहि गर्नु पर्दैन|अफिसले नै अपार्टमेन्ट दिन्छ तर घरमा त्यो भन्न मिलेन| तलाई थाहा छ नि,मामुले फेरी चिन्ता लिनु हुन्छ|” काठमान्डौमा घर थपिए जस्तै अनि त्यो घरमा तल्ला थपिए जस्तै, मेरो झुठ पनि एक माथि अर्को थप्पिदैछ|

शोभासंग कुरा सकियो,घरमा पनि कुरा मिलाए अनि शोभा संग पनि तर धेरै झुठ बीच आफैलाई अन्योलमा पुर्याए| अब म बस्न चाही कहा बस्नु, धेरै सोचे कहाँ बस्नु भनि, दिमागलाइ दवाब दिन लागे, दवाबमा दिमाग झन् के चल्थियो, केहि सोच्न सकेन दिमागले पनि| चाहिने काममा दिमाग नचलेपछि दिमाग नचाहिने काम गर्न लागे,मोबाइल चलाउन| मोबाइल चलाउदै थिए एउटा ग्रुप देखे फेसबुकमा,”रुम फाइन्डर इन काठमाण्डौ|”| काठमाण्डौमा कोठा बहाल लिएर बस्छु भनेर सोच आयो दिमागमा अनि कोठा हेर्न लागे फेसबुकमा नै| एउटा कोठा मन पनि पर्यो,मन पर्नु अनि दिमागमा अर्को सोचआउनु संगै भयो,भने जत्तिकै सजिलो छैन बहालमा बस्नु| बहालमा बस्ने भएपछी, भान्सा देखि सुत्ने कोठा,सबैको लागि नया सामग्री किन्नु पर्ने,त्यो सम्भव छैन मेरो लागी| त्यसैले बहालमा बस्ने सोच मैले दिमाग बाट टप्प टिपेर अलि पर हुत्त्याइदिए|

 मन नै बिरक्त भएर आयो र यसै बीच फेसबुकमा एक जना देखे अनलाइन| उबाट केहि सहयोग या उपायको आशा भने छैन तर उसलाई भने सुनाउन मन लाग्यो म काठमाण्डौ आउदै छु भनि|

Previous article
Next article

Latest Posts