“ घरबाट कोहिलाइ बोलाउनु|” प्रहरीको आग्रह भन्ने कि कानुन, तर अब त्यति गर्नु नै पर्ने भयो| कसलाई चाही बोलाउने भनि सोच्न लागे| अफिसबाट कसैलाई बोलाउन मिल्दैन, नत्र अफिस भरि थाहा हुन्छ| सिलिन्डरलाइ बोलाउ भने, प्रहरीले उ मेरो दाइ भनि बिस्वास गर्दैन| उसको हाइट र अनुहार नै त्यस्तै छ| अब कसलाई बोलाउने भनि सोच्न लागे र दिमागमा एउटा नाम आयो| इश्वर दाइ| इश्वर नामले मात्र हैनन्, कामले पनि हो| धेरै पटक दाइले मलाई सहयोग गर्नु भएको छ| सहयोग सानो शब्द हो, जोगाउनु भएको छ मलाई| कसैले “भगवानले बचाउछ” भन्दा पनि दाइको अनुहार मेरो अगाडी आउछ| त्यति महत्वपूर्ण भूमिका छ दाइको मेरो जीवनमा| मेरो जीवन एउटा सुन्दर माला हो, जहाँ धेरैले फुल जडेका छन्, मेरो भन्नु केवल यो धागो हो, त्यो पनि कुन दिन टुट्छ र सबै बिख्रिन्छ| समय अहिले सोच्ने हैन बोल्ने हो, बोल्ने हैन बोलाउने हो, इश्वर दाइलाई बोलाउने|
“दाइ, कहाँ हुनुहुन्छ?”
“बानेस्वरमा छु भाइ| तिमि यहि शंखमुलमा काम गर्ने हैन? पर्ख म भेट्न आउछु तिमीलाई|”
“मैले पनि भेट्न खोजेको हो दाइ तर अहिले म अफिसमा छैन दाइ|”
“ कहाँ छौ?”
“तिनकुने|”
“तिनकुने कहाँ?”
“तिनकुने पुलिस स्टेसन|”
“दाइ यहाँ आउनु न पहिले| भेटेर नै भन्छु|”
मनको नाता छ दाइसंग| मनसंग मन जोडिएको छ| नत्र को आउछ एक फोन कलमा| रगतको नाता पनि जोडिएको छ तर धेरै परको| नाता जोड्दै जाने हो भने, इश्वर दाइ मेरो दाइ हैन, काका पर्नु हुन्छ| कसरि भन्नु पर्दा, दुइ दिन लाग्छ, अहिले त्यो छेउ लगाउ| म किन यहाँ छु भनि भनि राख्नु परेन इश्वर दाइलाइ| प्रहरीले सबै भने दाइलाई| लाज लाग्नु पर्ने हो मलाई तर दाइले मुस्कुराएर मलाई हेर्दा म पनि हासिदिए|
“काण्ड मचाएछौ भाइले पनि|” दाइले झनै सजिलो पारिदिनु भयो बोल्नलाइ| हिजो के भएको बिस्तारमा बताए दाइलाई| बताउनु पर्ने जे हो त्यो दाइलाइ पहिले देखि थाहाछ तर मैले भिन्न ढंगले भन्दै छु| भिन्न अनि थोरै रमाइलो तरिकाले|
“के छ बिचार, अहिले पनि बस्ने हो कि?” दाइले जिस्काएर भनेको हैन, दाइले साच्चिकै रक्सि पिउनको लागि निमन्त्रण दिदै हुनुहुन्छ|
“दाइ मिल्दैन अहिले, अफिस जानु पर्छ| बेलुका?” दाइलाइ नाइँ भन्न मन छैन तर भन्नु पर्यो| अफिसमा काम टन्न छ, बिदा लिन मिल्दैन| अफिस पुगे त्यहाँबाट|
“बिहानै उठेर कहाँ हिडेको? हामि होटेलमा खोज्दै थियौ|” शिशिर दाइले यति भनेपछी निकै हलुङ्गो महसुस गरे मैले| हिजो कहाँ थिए भनि दाइले सोध्नु भएको भए, मैले धेरै बहाना बनाउनु पर्थियो| अनेकौ झुठ बोल्नु पर्थियो| जेलमा थिए कसरि भन्नु| धन्न दाइले बिहान भनेर सोध्नु भयो र जे भने पनि हुने भयो मैले|
“घरबाट फोन आयो, त्यसैले दाइ|” यति भने, अरु केहि भन्नु परेन| आफ्नो टेबलमा पुगेर काम सुरु गरे|
काम गर्दै नै थिए, चुरोटको तलतल भयो| एक्लै गएर चुरोट टन्न लागे, बाल्कोनीमा| फेसबुकमा केहि नया छ कि भनि हेर्न खोजेको, मोबाइल अफ छ| हिजो इस्मीसंग बोल्दै थिए भनि बल्ल याद आयो| एकछिन मोबाइल चार्ज गरे अनि अन गरे| इस्मीको मेसेजको आश थियो तर निराश हुनुपर्यो| उनको एउटा नि मेसेज छैन| आफै फोन गरे, दुइ घन्टीमा फोन उठ्यो|
इस्मी अहिले सम्म पुगेकी रैनछिन्| तैयार हुदै छिन्| शृंगार गर्दै गरेकि केटिसंग पहिलो पटक बोल्दै छु| रमाइलो हुने, शृंगार गर्दै गरेको केटिसंग बोल्न रमाइलो हुने| तैयार उनि हुदै छिन् तर मलाई सोध्दै तैयार हुदैछिन्| टिसर्ट कुन लगाउ भनेर सोध्दै छिन्, रातो कि सेतो, फोनमा बोलेको भरमा कसरि कुन लगाउ भन्नु मैले| यहाँ सम्म ठिक छ| कपडा लगाइन् उनले, अब लिप्स्टिक लगाउने पालो|
“कुन लिपस्टिक लगाउ? यो कि यो?” कस्तो प्रश्न हो उनको| कपडाको रंग भएपनि भनेकी थिइन्, लिपस्टिकको केहि भनिन| मलाई कसरि थाहा हुन्छ, यो लिपस्टिक कस्तो छ अनि त्यो कस्तो छ|
“सेकेण्ड वाला लगाउन|” मेरो जवाफ, यो जवाफ मैले किन अनि कसरि दिए मलाई आफै थाहा छैन|
“राम्रो देखिएन भने मैले तिमीलाई जानेको छु|” इस्मीले भन्न र गर्न खोजेको के| एक त उनको लिपस्टिक कस्तो छ मलाई थाहा छैन, उनलाई कस्तो लिपस्टिक राम्रो देखिन्छ मलाई थाहाछैन, फेरी मलाई लिपस्टिकको बारेमा केहि पनि थाहाछैन, म लिपस्टिक बिसेषज्ञ हो र| अचम्म अचम्म सुन्नु र देख्नु पर्छ मैले| इस्मी तैयार भइन् र शंखमुल टावरको लागिन् हिडीन्| इस्मीले फोन राखेपछी याद आयो, म उसंग रिसाउनु पर्ने हो| हिजो मैले जहाँ रात बिताए, त्यहाँ पुग्नुमा इस्मीको पनि ठुलो हात छ| आफु रिसाएको बिर्सिए, कस्तो मौका खेर फ्याले|३ बजे इस्मीको मेसेज आउछ| “कफी?” लेखिएको छ मेसेजमा| काम अझै निकै बाकि छ तर कफी पिउन नभ्याउने गरि काम पनि हैन|
“ओके, कहाँ जाने?” मेसेजको रिप्लाई दिए मैले|
“कहिँ जाने हैन| तलबाट दुइटा कफी लेउ अनि मेरो पार्लरमा आउ|” इस्मीलाइ बुझ्न निकै गाह्रो छ| कुनै रेस्टुरेन्टमा गएर, एकछिन गफ गर्दै, कफी पिउने भनि कल्पना गर्दै थिए, इस्मीले मेरो कल्पनामा पानि हाल्दिन्|
शंखमुल टावर मुनि एउटा कफी पसल छ| कफी पसल भन्दा पनि पिज्जा पसल| त्यहाँ पिज्जा पाइन्छ अनि पिज्जा सहित कफी र कुकिज पनि| कफी कागजको कपमा दिने गरेका छन्, एक कपको 50 रुपे लिन्छन| कागजको कपमा कफी अनि एक प्याकेट कुकिज लिएर इस्मीको पार्लर पुगे|
म: “ कोहि छैनन् त?”
इस्मी: “सबै जना खाजा खान गएका छन्|”
म: “तिमि किन नगएको?”
इस्मी: “जब कोहि राम्री केटिले संगै कफी पिउन बोलाउछन् नि, चुप लागेर कफी पिउनु पर्छ, धेरै प्रश्न सोध्नु हुन्न|”
म: “ल कोहि राम्री केटिले बोलाएपछी, तिमीले भनेको कुरा बिचार गर्छु|”
इस्मीले मेरो खुट्टा तान्न खोजेकी हो, मैले उनलाई मौका दिन| आखा तरेर मलाई हेर्दै छिन् उनि, उनको र मेरो, दुबैको ओठमा मुस्कान छ|
म: “सच्चि मैले कुकिज पनि ल्याएको छु|”
इस्मी: “ पैसा पानि जस्तै बगाउन मजा आउछ है| दिउसो भरि ल्यापटप चलाएर बस्यो, ल्यापटप चलाएको पैसा त्यसै आएको छ| पैसाको माया कसरि लागोस्|”
चाहेको भए इस्मीलाइ नमिठो तरिकाले मिठो जवाफ दिन सक्थिए तर त्यस्तो गरिन| त्यस्तो जवाफ दिएर के पाउछु मैले? एकछिनको मनको शान्ति, अनि घमण्ड तर मेरो बचनले अर्को मान्छेलै चोट पर्न सक्छ| चुप लागेर मुस्कुराउनु नै उचित लाग्यो|
म: “हिजो झ्याप भएर फोन के गरेको तिमीले? अचानक फोन राखेउ, अनि अफ गरेउ| बिहान पनि अफ थियो|”
इस्मिले मलाई फोन गरेकी रैछिन्| उनको मेसेजको आशमा बसेको थिए म| अब गाह्रो पर्यो मलाई, सत्य भन्नु कि झुठ| सोच्न लागे|
“दिदि, सन्चै हुनुहुन्छ?” सोच्दै थिए र पार्लरमा कोहि आएछ| इस्मीले अघि सोधेको प्रश्नको जवाफ दिन मलाई अझै समय चाहिन्छ र त्यो समय पाए मैले| “ल तिमि जाउ अहिले|” इस्मीले यति भन्दै मलाई बिदा दीइन्| मेरो कफी सकियो कि नै पनि सोधिन| अचम्म|
६ बजेको छ,
