Part 11

६ बजेको थियो, अफिसको समय अनि काम, दुवै सकिएको अवस्था| घर जाने तरखरमा थिए म| तरखर अफिसबाट निक्लिने अनि इस्मीसंगै घर जाने हो| थकित शरीर, थकित दिमाग, उमंगित मन| आपको आठी, जति निचोरे पनि, फेरी चुस्दा पनि रस बाकि नै हुन्छ| म पनि त्यहि आठी भएको छु, जिन्दगि अनि दुनियाले जति निचोरे पनि मनमा रस बाकि नै छ|

केहि खिल्ली चुरोटको धुवा फोक्सो भित्र भरेपछी मात्र, मुटुमा भएको व्यक्तिलाइ भेट्न जाने निर्णय गरे| उनको अघि चुरोट पिउन नमिल्ने, नमिल्ने हैन उनले नदिने| उनको व्यवहार देख्दा लाग्छ कि, मैले चुरोट हैन, उनको ओठ नै आफ्नो ओठ बीच राख्न खोजेको| थोरै गफ, चुरोटको केहि कस, बल्ल साइत जुर्यो इस्मीलाइ भेट्न जाने|

“कहा छौ?” हेल्लो भनि राख्नु पर्दैन, शब्द अनि समय खेर नाफ्याली प्रश्न गरे|
“जहाँ हुनुपर्ने त्यहि छु|” उनको जवाफ यहि आउछ भनि अनुमान गर्न मुस्किल हुन्थियो, हरेक पटक केहि भिन्न जवाफ आउथियो, चाहे प्रश्न उही भए पनि|
“ घर जाने बेला भएको भए लिन आउछु| म पनि हिड्न लागेको|” फोनमा बोल्नु भन्दा भेटेर बोल्नु उचित लाग्यो र आफुले फोन गरेको कारण खोले|
“ हुन्छ, आउ न|” उनको जवाफ आयो, जवाफ हैन स्वीकृति आयो|
“ल म १० मिनेटमा पुग्छु|”  भनि भने मैले|

उनि थोरै चकित भइन्, “किन  १० मिनेट? दुइ तल्ल तल झर्न १० मिनेट लाग्छ?” भनि प्रश्न गरिन्|
“बाइक स्टार्ट गर्नु पर्यो, जाम हुन सक्छ| शंखमुलबाट जावलाखेल पुग्न १० मिनेट लागिहाल्छ नि|” अर्थाउदै उनको प्रश्नको जवाफ दिए|  यो जवाफ अनेपेक्षित हो उनको लागि|

“ बहुलायौ कि क्या हो? किन जावलाखेल जान लागेको?” उनले यहि प्रश्न गर्छिन् भनि मैले अनुमान गरिसकेको थिए|
“अघि तिमिले आफै भनेको हैन, तिमि जहाँ हुनुपर्ने त्यहि छौ भनि| त्यसैले त चिडियाखाना आउदैछु म|” हास्दै, जिस्किदै, मस्किदै, उनलाई जवाफ दिए| जिस्किन पाएको मौका खेर फ्याले भने त हासोको भगवानले सराप्नु हुन्छ|
“ अत्ति के तिमि| तिमि तल आउन मात्र, तिम्रो गालामा यस्तो बजाउछु नि|” रिसाएको मुद्रामा जवाफ आएपनि, उनि पनि मुस्कुराउदै थिइन्| उनको आवाजमा मुस्कुराहट प्रस्ट सुन्न सकिन्छ|
“मेरो गाला गितार हो र?” मेरो जवाफ सुनेपछी उनि चकित हुनुपर्ने तर तर्सिन्| उनले “आउ” भन्ने बित्तिकै म उनलाई भेट्न हिडीसकेको थिए| फोनमा बोल्दै गरेको मान्छेलाइ अगाडी देख्दा, उनि तर्सिनु पनि स्वाभाविक नै हो| म पनि तर्सिन्थिए सायद|
उनि तर्सिन्, तर.. तर तर्सिने मान्छे तर्साएको मान्छे या बस्तुबाट पर जान्छन, उनले भने मलाई अंगालिन्| उनले हैन मलाई खुसिले अंगाल्यो,  संतुस्तीले अंगाल्यो, मानौ मलाई संसारको सबै राम्रो चिजले अंगाल्यो| राम्रो पल भनेको आगो माथिको बरफ हो, बिलाएको पत्तो हुदैन| त्यहि नै भयो| इस्मीले मेरो कम्मरमा यसरि चिमाटिन्, कट्टुमा तुरुक्क दुइ थोपा मुत नै चुहियो| गोलि लाग्दा यस्तै महसुस हुदो हो, उनको औला हो कि बन्दुक?
“ मेरो बदला कस्तो लाग्यो?” उनि हास्दै छिन्, यहाँ आफुलाई पोल्दै छ| कसरि चाही चिमाटेको होला| कसैले यसरि दुख्ने गरि पनि चल्छन र! झन् हास्दै कस्तो लाग्यो बदला सोध्दै छिन्|
“गु जस्तो|” रिसाएर हो कि बोल्न नजानेर, मैले यहि जवाफ दिए| भन्न नहुने थियो कि भन्ने पनि लाग्यो तर अब अरु केहि सोचेर पनि केहि फाइदा छैन|
“मतलब तिमि जस्तो|” उनको जवाफले ढुक्क बनायो मलाई| उनि रिसाइनन् पक्का भयो|

उनि व्हिस्की भए म बरफ, थाहा नहुदा नहुदै एक संग अनि एक अर्कामा घुल्दै छौ| हास्न, खुसि हुन, घुर्की लगाउन र फुल्न, थोरै समय पनि नलाग्ने| मसंग बोल्दै नै उनले आफ्नो ब्यागमा सामानहरु हालिन् र निक्लिन तैयार भइन्| बाइक स्टार्ट गर्दा सम्म घर नै गन्तब्य थियो तर जब उनि बाइक पछाडी बसेर बिचमा ब्याग राखिन्| गन्तब्य घर नै हो तर घर पुग्नु अघि कौशलटारमा अवस्थित “एयरपोर्ट सेकुवा कर्नर” मा केहि टुक्रा सेकुवाको स्वाद लिने तय भयो| उनले खसीको सेकुवा भनिन्, मलाई चाही बंगुरको छाला र बोसो चपाउन मन पर्ने|
“तिमि बाहुन हो है?” इस्मीले अचानक यस्तो प्रष गर्नुको कारण के हो?
“हो, कसरि थाहा पायौ?” किन भनि सोध्नु पर्ने, कसरि भनि सोधेछु|
“नाक चिप्लेटी जस्तो छ| चन्द्रमाबाट पनि देखिन्छ|” इस्मीले मेरो मजाक बनाएको हो कि मसंग मजाक गरेको, बुझ्न गाह्रो भयो| उनि हासिनन्, म पनि उनीसंग हासिदिए|
“जे पनि है! तर किन सोधेको बाहुन हो भनेर?” एकछिन सोचे, उसले मेरो मजाक बनाए जसरि नै उनको मजाक कसरि बनाउन सक्छु तर केहि पाइन, त्यसैले प्रश्न गरे|
“बाहुन भएर पनि बंगुर खान्छ र?” यो प्रश्न, मेरो लागि निकै गाह्रो प्रश्न हुने गर्थियो| जसले पनि यहि प्रश्न गर्ने, त्यसैले एउटा जवाफ खोज्नु पर्ने थियो, राम्रो जवाफ, अनि भेटे पनि जवाफ|
“ म डाउन भइसकेको बाहुन हो|” हास्दै जवाफ दिए अनि म्रेओ जवाफसंगै उनि पनि हासिन्| दिन कस्तो रहयो भनि एक अर्कालाइ बताइसके पछी, परिवारको बारे गफ सुरु भयो| अस्ति  पनि परिवारको बारे भनेको जस्तो लाग्यो तर हो कि नाइँ भनि आफै सोच्न लागे, जति सोचे पनि भ्रम कि यथार्थ छुट्ट्याउन सकिन| आफ्नो परिवारको बारे एक एक भने, उनको बारे सुन्न उत्सुक थिए, अगाडी सेकुवा आयो| ध्यान सेकुवामा केन्द्रित अब| मेरो प्लेटमा रहेको सेकुवामा उनले टुथपिक घोचिन्, टुथपिकको चुच्चोले बंगुरको छालालाइ छेड्यो सुरुमा, त्यसपछि मासु अनि बोसोमा पुग्यो| यति हुने बित्तिकै त्यो टुक्रा उनको मुखमा पुग्यो| उनले म भन्दा धेरै स्वाद लिएर चपाउन लागिन्|
“बाहुन भएर तिमिले चाही किन खाएको नि|” अब जिस्किने मौका मेरो|
“कसले भन्यो म बाहुन हो?” उनको प्रश्नले मैले के बुझे भन्दा, मैले अध्यारोमा हानेको तिर ठाउमा लागेन|
“के हो त तिमि?” स्वाभाविक प्रश्न गरे मैले|
“बाहुनको साथि|” जवाफ दिएर झनै हास्न लागिन् उनि| उनीबाट गतिलो जवाफको अपेक्षा गर्नु मेरो मुर्खता हो|

गफ बाकि छ तर प्लेटमा रहेको मासुको सबै टुक्रा सकियो| 1380 को बिल तिरेपछि, बाइक स्टार्ट गरे मैले| इस्मीले फेरी पनि हामि बिचमा ब्याग राखेर, बाइकको पछाडी बसिन्|

यो ब्याग नभएर एउटा संकेत हो| यसले के जनाउछ भन्दा, हामि बीच एउटा यस्तो पर्खाल छ, जसले हामिलाइ साथि भएको याद दिलाउछ| हामि एक अर्कासंग नजिकिनु अघि, हामीले यो ब्याग सम्झिनु पर्छ| जब सम्म हामि बीचमा ब्याग छ, तब सम्म हामि साथि मात्र हौ, चाहे हामी बीच जस्तो गफ होस्, हामि जति घुलमिल हौ, हामीले जति समय संगै बिताउ, हामि साथि मात्र हौ| जुन दिन हामि बीचबाट ब्याग हट्छ, त्यो दिन हामि बीच एउटा नया सम्बन्धको सुरुवात हुन्छ| यहि सोच र गफ बीच इस्मीको घर अघि पुगेउ| 

इस्मी उनको घर भित्र पुगिन् अनि म लुइँटेल किराना पसल| इस्मीको अघि चुरोट पिउन नमिल्ने, त्यसैले उनको अघि किन्न पनि गाह्रो मानेको थिए मैले| पसल जानुको कारण यहि हो| फेरी आज इस्मीसंग हुदा चुरोट पिउन मन पनि लागेन| दिमागले नसम्झेको हो कि, शरीरले नमागेको तर इस्मीसंग बस्दा, चुरोट पिउनु परेन मैले| इस्मी सधै संगै हुने हो भने, चुरोट पिउदिन थिए होला मैले| इस्मी र चुरोटलाइ दाज्न उचित नहोला, चुरोट लिएर कोठा पुगे|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts