एकछिन सोच्दै मात्र थिए, मेरो मोबाइल, मेरो हातबाट कसैले खोस्यो| कसले भनि हेर्न खोज्छु तर पछाडी फर्की हेर्न सकेको छैन मैले| रक्सिको नशाले हैन, कसैले मेरो जिउ बेस्मरी बल लगाएर समातेको छ|
“यसलाई पनि हाल गाडी| सालाहरु, रक्सि पिएर आउछन्…..”
“रात भर खोरमा बस्छन अनि थाहा पाउछन्…”
“त्यो धेरै चल्दै छ, लात हान मुजिलाई…”
“ मुख मुखै लाग्दैछ, मुखमा बजा त्यसलाई|”
“सर, हाम्रो गल्ति…”
धेरै आवाज मेरो कानमा ठोकिदै छन्, शब्द धेरै सुन्दैछु तर शब्द कस्को हो थाहाछैन| शब्दको अर्थ र भाव केहि थाहाछैन| यहाँ के हुदैछ केहि पत्तो छैन मलाई| यहि शब्दहरु बीच मलाई घिसार्दै लगियो, र मान्छेहरु बीच फ्यालियो| मैले बल लगाउन सकिन र प्रतिकार गर्न पनि सकिन| यहाँ के हुदै छ मलाई केहि चेतना छैन| जब चेतना भयो, म प्रहरीको भ्यान भित्र छु| मसंगै अरु साथि पनि छन्, जम्मा पाच जना छौ हामि| साथि पाच जना अनि 7 प्रहरी| अरु कहाँ गए पनि थाहा छैन|
“कहाँ लाग्दै हो हामीलाई? किन लग्दै हो?” जब चेतना फर्कियो, मेरो वरीपरि के हुदैछ थाहा छैन मलाई| बुझ्न खोज्दै छु|
मेरो प्रश्न लगत्तै सबै हास्न लागे| सबै प्रहरी हास्न लागे| खितिति हास्न लागे|
“ यो भाइ चाही आफ्नै दुनियामा मस्त छ सर, केहि थाहा छैन भन्छ त|” एउटा प्रहरी दाइले झन् दुबिधामा पार्नु भयो मलाई|
“ ल भाइ अब थाहा पाउछौ| गाडीबाट निकाल् सबैलाई|” भ्यान रोकियो र अर्को प्रहरी दाइले यति भन्नु भयो| सायद उहाको तह माथिल्लो हुनुपर्छ, आवाजमा बजन छ|
एक पछी अर्को गरि, हामि ५ साथीलाई भ्यानबाट निकालियो| भ्यानबाट निकालेर, हामीलाई एउटा तातीमा उभ्याइयो| आखा अगाडी पुल छ, तिनकुनेको पुल| यहाँबाट थाहापाए, हामीलाई तिनकुनेको थानामा ल्याइएको छ| जीवनमा पहिलो पटक हैन थानामा आएको| दोस्रो पटक हो| पहिलो पटक आफु पिडित थिए, अहिले गल्ति मेरो छ| मेरो गल्ति यति थियो कि मैले मदिरा सेवन गरेर बाइक चलाए| तर यो गल्ति जेल पुग्ने गल्ति हैन, कुरा कहाँ बिग्रियो थाहा छैन मलाई| थानामा छु तर पनि नशाले छोडेको छैन|
“ब्रो हामीले..” केपासले यति बोलेको मात्र थियो, प्रहरी दाइले एक झापड लगाउनु भयो| त्यो झापडको आवाज कुनै बिस्फोट भन्दा कम छैन| आवाजले मात्र पनि मलाई पिडा महसुस भयो, झन् केपासलाइ… केपास गाला समाती चुप लागेर उभियो| थप एक शब्द बोल्ने हिम्मत छैन उसंग| त्यो आवाजले मलाई पनि काबु बनायो| थाल ठटाएर बुहारी तर्साएको झैँ भयो| नशा तिन गाउ पारि भाग्यो|
“ब्रो हैन सर भन् जाठा| यो जान्ने बन्दो रैछ, यसलाई ट्वाइलेट सफा गर्न लगा|” केपासले नमिठो भेट्यो प्रहरीबाट. बचन र दनक दुवै| हामीलाई खोर भित्र हालियो र केपासलाइ ट्वाइलेट लगियो| ट्वाइलेट हाम्रो खोरको अगाडी छ, ट्वाइलेट प्रस्ट देखिन्छ हाम्रो खोरबाट|
“सर, ब्रस छैन, के ले सफा गर्ने?” अघिको झापडको असर कस्तो छ भनि, केपासको आवाजले प्रस्ट झल्काउछ| जहिले आफ्नो दुनिया मस्त हुने मान्छे, अहिले अरुको गुलाम जस्तो बोल्दै छ| रक्सि भन्दा पनि हरियो जडिबुटीमा रम्ने बानि उसको, त्यसैले पनि उसको नशा बेग्लै हुन्छ|
“ब्रस छैन, हातले साफ गर| हातले घिन लाग्छ भने जिब्रोले गर| रक्सि जस्तै स्वाद आउछ|” कस्तो अमानविय कुरा गर्दै छन् प्रहरी| माया लाग्यो केपासको|
“सर,..” केपासले एक शब्द भन्दा धेरै बोल्न पाएन| यो एक शब्द पछी प्रहरीले लात्ती हान्न लागे केपासलाइ| त्यो छालाको बुटले, त्यो नाङ्गो शरीरमा लात्त पर्दा, कस्तो भयो होला केपासलाइ| अब केपासको माया हैन, केपास माथि दया लाग्न लाग्यो| ५ ६ बुट खाएपछी, केपासले ट्वाइलेट सफा गर्न लाग्यो|
“सुशान्त खै?” निदेशलाइ प्रश्न गरे| निदेश खोरमा मेरै छेउमा छ|
“त्यो झ्याप थिएन, साइड लाग्यो नि|” सुशान्तले हामिलाइ धोका दिएको हो कि सहि गरेको, त्यो अहिले निर्णय लिन सक्दिन म|
“अनि हामि यहाँ किन?” मलाई यो जवाफ चाहिएको छ| मलाई अहिले सम्म थाहाछैन, म यहाँ किन छु भनि| यहाँ आउनुको कारण मापसे मात्र हुन सक्दैन|
“यहि केपासले हो| गाजा तानेको थियो, के के कुरा गर्यो गर्यो पुलिससंग| आफु ल्यांग छ, पुलिसलाइ पनि ल्यांग हानिदियो| सुशान्त भाइले कुरा मिलाउन खोजेको थियो तर केपासले यस्तो हग्यो पुलिसको अगाडी, कसैले पनि साफ गर्न सक्थिएन| सुशान्तलाइ पनि थर्कायो पुलिसले, वार्निंग दियो|” निदेशले वाक्य सक्यायो र म निस्कर्षमा पुगे| गल्तिको सुरुवात मैले गरे, केपासले ध्वस्त बनायो त्यसलाई|
निदेश र म बोल्दै नै थियौ र केपास ट्वाइलेट सफा गर्दै थियो| यसरि नै एक घण्टा बितेको हुनुपर्छ| ट्वाइलेटमा दुइ तिन जना प्रहरी जान्थिए, तर केपास बाहिर निक्लिन्थिएन| प्रहरी जादा मुतेको आवाज आएको थियो टुरुरर्, अनि हासेको पनि| यति चाही पक्का थियौ हामि, उनीहरु ट्वाइलेटमा मात्र नभएर, केपासको जिउमा पनि मुत्दै छन्| केपासको दया लाग्न थाल्यो, मैले सुशान्तलाइ नबोलाएको भए, अहिले कोहि पनि यहाँ हुन्थिएनौ| अहिले भर्खर पनि एउटा प्रहरी गयो ट्वाइलेट तर मुतेको आवाज आएन| थोरै हासेको आवाज आयो अनि त्यसपछी आवाज पुरै बदलियो| प्रहरी रिसाएको छ भनि ट्वाइलेटबाट आएको आवाजले प्रस्ट छ, केपास भने थोरै प्रतिकार गर्दैछ अनि थोरै बल लगाउदै छ| केपास अब पिडामा छ, फेरी भिन्न आवाज आउन लाग्यो अनि लामो लामी सास फेरेको आवाज आउन लाग्यो| प्रहरी ट्वाइलेटबाट निक्लियो, केपास अहिले पनि ट्वाइलेटमा नै छ| ट्वाइलेटमा के भयो भनि मैले र निदेशले राम्ररि बुझेउ, बिचरा केपास|
“त्यसलाई पनि खोरमा हालिदे|” एकछिनमा एउटा आवाज आयो|
केपासलाइ खोरमा ल्याइयो| उसको अनुहारमा कुनै चमक छैन| जहिले हासी रहने मान्छे, अहिले उसको अनुहार कालो मात्र हैन अध्यारो पनि छ| केपास;लाइ हिड्न पनि गाह्रो हुदै छ, उ सजिलै हिड्दै छैन| यसरि हिड्दै छ मानौ उसको चुत्तरमा पिलो आएको छ| “के भयो” भनि सोध्नु उसको लागि सहानुभुति हैन, घाउ कोट्याउनु हो जस्तो लाग्यो र हामि चुप लागेउ| यसरि नै रात कट्यो र बिहानी भयो|
“ घरबाट कोहिलाइ बोलाउनु|” प्रहरीको आग्रह भन्ने कि कानुन, तर अब त्यति गर्नु नै पर्ने भयो| कसलाई चाही बोलाउने भनि सोच्न लागे| अफिसबाट कसैलाई बोलाउन मिल्दैन, नत्र अफिस भरि थाहा हुन्छ| सिलिन्डरलाइ बोलाउ भने, प्रहरीले उ मेरो दाइ भनि बिस्वास गर्दैन| उसको हाइट र अनुहार नै त्यस्तै छ| अब कसलाई बोलाउने भनि सोच्न लागे र दिमागमा एउटा नाम आयो| इ
