Part 12

कपडा फेर्दै थिए, साथीले जिस्काउन थाल्यो| बोलिले हैन, “अहम अहम” भन्दै, खोक्दै जिस्काउन| त्यस्तो के भयो र जिस्काउन नै पर्ने| इस्मी र मलाई संगै देखे कि के हो उनीहरुले| सम्भावना निकै कम थियो तरथोरै भएको सम्भावनालाइ नकार्न मिल्दैन नि| सेकुवा खान गएको बेला पक्कै हैन, त्यहाँ कोहि नभएको याद छ मलाई| देखेको भएपनि इस्मीको घर अगाडी देखेको हुनुपर्छ| तर त्यहाँ देखेको भए सिलिन्डरले मलाई बोलाउनु पर्ने हो| 

सिलिन्डर: “तेरो अफिस ६ बजे सम्म हैन?”
म: “हो, किन?”
सिलिन्डर: “घर आउन चाही किन यति ढिला?”
म: “ काम धेरै भएर|”
सिलिन्डर: “हिजो, अस्ति, केहि दिन देखि जहिले ढिलो आउछस्|”
म: “ अब काम नै त्यस्तो छ|”
सिलिन्डर: “कम्मरमा love bite बस्ने काम हुदो हो भने त म राति पनि घर फर्किन्न थिए|” 

सिलिन्डरले यति भन्ने बित्तिकै आखा अगाडी इस्मी आइन्| उनले चिमातेको दाग बसेछ| कसरि चाही चिमातेकी रैछिंन्| सिलिन्डरले दाग छ भनेपछी दाग नहेरी मनले मानेन|  वासरुम गए, नभन्दै कसैले ओठले चुसेको जस्तै, छेउमा रातो अनि बिचमा निलो गरि दाग बसेको छ| बाहिर पुग्ने बित्तिकै साथीहरुले जिस्काएर हत्तु बनाउने पक्का थियो| फेरी बाहिर नगएर यहि बसी रहन पनि मिल्दैन|

“तिमिलाइ पर्ख न| भेटेको बेला जानेको छु|” यति मेसेज टाइप गरेर इस्मीलाइ पठाए र आफु पनि वासरुमबाट निक्लिए|

साथीले जिस्काउँछन् भनि मलाई थाहा थियो र साथीले कुनै कसर बाकि राखेनन् जिस्काउनलाइ| केहि नभनी हासी मात्र रहे म| जे भने पनि उनीहरुले पत्त्याउने हैनन्| मैले जति आफ्नो बचाउ गर्न खोजेपनि, उनिहरुले झनै गिज्याउने पक्का नै हो| त्यसैले समय अनि शब्द खेर नाफ्याल्नु उचित मानेर चुप बसे| साथिहरुलाइ पनि जिस्काउन पुगेछ क्यारे, भिन्न बिषयमा गफ सुरु भयो| तर त्यो भन्दा अगाडी, मेरो दागको बारे १० वटा कहानी चाही भने, कसरि बस्यो भनि| 

“के गरे मैले?” इस्मीको मेसेज सुत्ने बेला मात्र देखे| हुन त साथिसंग बसेको बेला मोबाइल चलायो भने फेरी अरु मजाक बन्ने|
“कसरी चिमातेको| दाग नै बसेको रैछ|” शब्द रिसाएको जस्तो देखिएपनि, हास्दै टाइप गरेर पठाए|
“हाहाहा| खुचिंग|” इस्मीको मेसेज| मेसेज पढेर थोरै मुस्कुराए|

“के हासेको| यहाँ साथिले जिस्काएर हैरान पारे|” मेरो मेसेज|
“के भनेर जिस्काए नि|” इस्मीले बुझ्लिन् सोचेको थिए, बुझिन छ|
म: “Love bite रे|”
इस्मी: “खुसि भयौ होला नि तिमि, साथीले त्यस्तो भन्दा|”
म: “लु, किन खुसि हुनु म| जे पायो त्यहि|”
इस्मी: “के भनेउ नि तिमीले?”
म: “केहि भनिन| चुप लागे|”

अझै केहि गफ अनि सुत्ने समय भयो| उनि सुत्छु भनि गइन् र मलाई निन्द्रा लागेन| फ्लिम हेरौ भने त्यो पनि मन छैन, साथि आफ्नै गर्लफ्रेन्डसंग बोल्दै थियो| एक खिल्ली चुरोट लिएर छतमा पुगेर स्लाकाउन लागे| हातमा मोबाइल छ तर मोबाइलमा के चलाउनु? त्यहि फेसबुक कति चलाउनु जस्तो लागेको केहि बेरमा इस्मीलाइ फेसबुकमा खोज्न लागे| एकछिन सम्म खोजे तर इस्मीको प्रोफाइल भेटिन| सुत्नु नै अन्तिम बिकल्प बाकि रहयो|

दिनहरु यसरी नै बित्दै गए| इस्मी दैनिकीको हिस्सा हुदै जिन्दगिको पनि हिस्सा भइन्| सधै जस्तो अफिस पुग्यो, अफिसबाट फर्किदा इस्मीलाइ भेट्यो| सुत्नु अघिसम्म इस्मी अनि साथिसंग बोल्यो| यहि नै हो दिनचर्या| हामि जति नजिकिए पनि, इस्मीले हामि बीच ब्याग राख्न अझै पनि छाडेकी थिन| अनि मैले जति चाहे पनि उनको अगाडी बसेर चुरोट कहिले पिउन पाएको थिन| 

“जब सम्म तिमि चुरोट किन पिउछौ भन्दिनौ| त्यो बेला सम्म मेरो अगाडी चुरोट बाल्ने हैन|” मैले चुरोट सल्काउन खोज्दा यहि भन्ने उनले|

एकदिन जवाफ पनि खोजे| त्यो जवाफ मैले उनलाई भन्ने बित्तिकै, उनले मलाई चुरोट सल्काउन दिन्छिन् भनि म  मनमनै खुसि हुदै थिए| कफी पिउदै गर्दा चुरोट निकाले र आफ्नो ओठ बीच च्यापे|
“पहिले जवाफ|” इस्मीले सधै जस्तो जवाफ मागिन्| अरुदीन जवाफ नभएपनि, त्यो दिन मसंग जवाफ थियो|

“जब कोहि मन मनै जल्दो रैछ, त्यस बखत अरु जलेको हेर्न उसलाई मजा आउछ| मलाई पनि मेरो चुरोट जलेको हेर्न मजा आउछ|” छाती भन्ने कि नाक, जे फुलाएर भए पनि, आफ्नो जवाफ राखे उनको सामु| अब चुरोट सल्काउन पाउछु भनि मख्ख भएको थिए|

“जलेको हेर्न मन लाग्छ भने पशुपतिमा लास जलेको हेर्न जाउ|” इस्मीबाट यस्तो जवाफ आउछ भनि मैले अपेक्षा गरेको थिन| उनि शब्द बिहिन् हुन्छिन भनेको, म शब्द बिहिन भएको थिए|

“चुरोट र लासमा फरक छ|” यति मात्र जवाफ दिन जाने मैले|

“ल सल्काउ “ उनले अरु केहि भन्छिन भन्ने लागेको थियो तर उनले स्वीकृति दिदा मलाई कम्ता ताजुब लागेन| बिस्वास लागेको थिएन| “साच्चि” भनि फेरी सोधे अनि मात्र सल्काए| चुरोट सल्काउने बित्तिकै, मेरो ओठबाट उनले चुरोट लिइन्|

“लौ| के गरेको?” अचम्म मान्दै प्रश्न गरे|
“तिमिलाइ चुरोट सल्केको हेर्न मजा आउछ भनेको हैन? किन तान्नु पर्यो, अब यहि हेरेर बस|” उनले मेरो खुसिलाइ, पल भरमै निरास्तामा परिणत गरिदीइन्| केहि बोलिन र ठुस्स परेको जस्तो गरि बसे|
“हेरन चुरोट पिउन नपाउदा ठुस्स परेको| चुरोट देख्यो कि कुट्ने बुढी परोस् तिम्रो|” उनले मलाई फकाउन खोज्दै थिइन्|
“तिमिलाइ चाही चुरोट मात्र हैन, गाजा पिउने बुडा परोस्|” म पनि पछि परिन, उसको जवाफको जवाफ दिए मैले|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts