Part 13

“मेरो त बिहे भइसक्यो|” इस्मीको यो जवाफ| उनले हास्दै भनिन्, मजाक गर्दै छिन् प्रस्ट भयो|
“घरमा दुइटा बच्चा पनि छ होला हैन?” उनलाई जिस्किन आउछ भने, मलाई पनि आउछ| उनले जुन बिषयमा मजाक सुरु गरेको थिइन्, मैले त्यहि मजाक थोरै अघि लगे|
“दुइटा हैन, एउटा|” इस्मी पनि के कम र!
“अत्ति के तिमि| भन्न पाए भने cow लाइ भैसी भन्दिने रैछौ|” इस्मीसंग जति जिस्क्यो, उनि झनै जिस्किने स्वभावको| मजाकमा पूर्ण बिराम लगाए|
इस्मीको साथमा भिन्न समिप्ता भेट्दै थिए म| हामि यसरि नजिकिएका थियौ, जहाँ मन भन्दा पनि आत्मा नजिकिएको थियो| एक अर्कालाइ यसरि बुझ्न थाल्यौ कि, शब्दको सहयोग लिनु पर्थिएन| एक अर्कासंग हुदा हामि कहिले उदास भएको नै थिएनौ| समयले साथि दिएको थियो, कहिले झगडा परेन| झगडा हैन, बिबाद नै परेन| एक अर्कालाइ जिक्साउने, गिज्याउने, केहि मनको कुरा भन्ने अनि केहि आफ्नो, यसरी नै चल्दै गयो हाम्रो सम्बन्ध| कति छिट्टै दुइ महिना पनि बित्यो| 

दुइ महिना कति छिट्टै बितेको जस्तो लाग्ने| हिजो भर्खर इस्मीलाइ भेटेको अज्स्तो हुन्थियो| इस्मीसंग बिताएका पल यति धेरै छन् कि, एउटा एउटा सम्झी आकाशमा सझाउने हो भने, चन्द्रमालाइ आकाशमा ठाउ नै पुग्दैन| पहिले कहिले शुक्रबार आउछ र घरमा बस्न पाउछु हुन्थियो, तर इस्मीलाइ भेटेपछी शनिबार र आइतबार कहिले नआओस् भएको थियो| दुइ दिन बाहेक, हफ्ताको हरेक दिन, इस्मीसंग भेट हुने| उनलाई भेटेर कफी नपिउदा सम्म, दिनको अन्त्य भएको जस्तो नलाग्ने| शनिबार आइतबार नभेटेको भन्दा पनि नमिलेको, म पनि ब्यस्त हुने अनि उनि पनि| हफ्ता भरिको लुगा र बाकि रहेको अरु काम पनि सक्याउनु पर्ने, म त्यहि ब्यस्त| उनि भने अरु धेरै काम भएको बताउने गर्थिन्|

म: “काठमाण्डौमा कति धेरै घुम्ने ठाउ छ, थाहा छ?”
इस्मी: “ तिमिलाइ भन्दा धेरै थाहा छ|”
म: “खुब होला|”
इस्मी: “के खुब होला नि| पार्लर खोल्नु अघि, ३ महिना म काठमाण्डौ घुमेर बसेको हो| नपत्याए ठाउको नाम सोध, म गएको छु कि नाइँ भन्छु|”
“कहाँ भनौ! स्वयम्भु?”
“पहिले जान्थिए, अहिले पनि तिमिलाइ हेर्दा त्यहाँको बादर याद आउछ|”

“तिमि नै हो बादर| नगरकोट गएको छौ?”
“कति पल्ट कति|”
“सिद्ध पोखरी?”
“अल्छी लाग्यो कि जाने ठाउ हो|”
“चित्लांग?”
“त्यहाँ चिज र वाइन पिउन मजा आउने है|”
“मार्खु?”
“त्यहाँबाट फर्किदा, कुलेखानीको माछा खान मजा आएको थियो|”
“नवबुद्ध?”
“सुन्तला चोरेर खाएको ठाउ|”
साँगा, पाइलट बाबा, गोदावरीम, चिसापानी, चन्द्रागिरी, गोलढुंगा, ककनी, भुतखेल, झोर, केहि मन्दिर, दुइ तिन वटा डाडाको नाम, ५ ६ वटा अरु घुम्ने ठाउ, सबैको नाम लिए, सबै गएको छु भन्दै थिइन् उनि| म आफै नगएको केहि ठाउको पनि नाम लिए, त्यहा पनि पुगेकी थिइन् उनि| कति ठाउ घुम्न  भ्याएकी उनले| जलन महसुस भयो| 

मैले ठाउको बारेमा सोध्नुको मुख्य उदेश्य भनेको अरु केहि थियो, तर कुरा अरु तिर मोडियो| कति बेलुका होटेलमा मात्र भेट्नु, कहिले कहिँ घुम्न जाउ भन्न खोजेको थिए मैले तर मौका नै मिलेन| अब कसरि उनलाई यो प्रस्ताभ राख्नु| उनि नगएको ठाउ छैन, कहाँ चाही जाउ भन्नु|

“अर्को हफ्ता KGF फ्लिम आउदै छ नि|” एउटा केटीलाई, पहिलो पटक कहिँ बाहिर जाने प्रस्ताभ गर्न खोज्दै थिए| पहिलो प्रयास खेर गयो, दोस्रो प्रयास जारि थियो| म पनि मुर्ख नै हो, केटीलाई एक्सन फ्लिम हेर्न जाउ भनेर कसले भन्छ!
“ छ्या, पुरै फ्लिम भरि फाइट मात्र हुन्छ| कहिले मान्छेलाइ बास्केटबल जस्तै उफारेको छ, कहिले एक लात्त हानेर उता उदाएको छ, कहिले एक मुक्कामा १०० जनालिया हावामा उडायो| यस्तो फ्लिम पनि के हेर्नु|” मैले सोचेको जस्तै जवाफ दीइन् उनले|
“ कस्तो फ्लिम मन पर्छ तिमीलाई? लभ स्टोरी?” मैले यस्तो भन्न हुन्न थियो, तर भनि हाले|
“लभ स्टोरी पनि मन पर्छ| तर मलाई कस्तो फ्लिम मन पर्छ भनि मलाई नै थाहा छैन|” उनको जवाफ|

कुरा लम्बिदै गयो| उसलाई घुम्न जाउ भनि भन्न दुइटा प्रयास गरे, दुवै प्रयास विफल भयो| अर्को प्रयास गर्न मन थियो तर के भनि प्रयास गर्नु, केहि उपाय थिएन| बर्गरको स्वाद लिदै सोच्न लागे| सिधै घुम्न जाउ भनि भन्न पनि सकिन| हाम्रो सम्बन्ध अलि अचम्मको थियो, नजिकिएको थियौ तर केहि कुरामा चाही संकोच थियो|
“शनिबार र आइतबार तिमीलाई भेट्नलाइ के गर्नु पर्छ?” सिधै नै प्रश्न गरे| तेस्रो प्रयास खेर जानु थिएन|
“ भाग्य बलियो बनाउनु पर्छ|”
“मतलब?”
“केहि हैन| तिमिलाइ  दोलालघात थाहा छ?”
“गएको पनि छु|”
“मलाई जान मन छ, म अझै सम्म पनि गएको छैन|”

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts