इस्मीले यति भनेपछी, शनिबार दोलालघाट जाने पक्का भयो|
नया ठिमीबाट ४५ किमी को दुरीमा छ दोलालघाट| तर मेरो लागि ३ दिनको दुरीमा छ दोलालघाट| तिन दिन पछी जाने हो दोलालघाट| ३ दिन ३ बर्ष लागेको थियो भने गफ दिएको जस्तो हुन्छ, साच्चिकै गफ नै हो त्यो पनि| कामको धपेडी, दिउसो भरिको धपेडी पछी धपेडी भुल्न इस्मीको साथ, दिन कति चाडै गयो भनि पत्तो भएको थिएन|
“भोलि बिहान जाने कि कुन बेला?” इस्मीले शुक्रबार साझमा, Himalayan Java मा कफी पिउदै सोधिन्| ११ बजे जाने भने उनलाई|
बसन्तपुर कफी पिउन नै भनेर गएको थिएनौ| बसन्तपुर जानुको कारण केहि अरु थियो| इस्मीलाइ उनको मोबाइलको लागि कभर किन्नु थियो| कभर किन्न गएकी उनि, बरु लुगा किनिन्, एयरफोन किनिन्, खै दुइ तिनता के के जाति मेकअपको सामान किनिन् तर मोबाइलको कभर किनिन| उसको लै लै मा लागेर मैले पनि म्याजिक प्रिन्टबाट एउटा टि-सर्ट लिए|drink
“Game of thrones” निकै मन पर्ने मलाई| “Thats what I do, I drink and I know things” छापिएको टिसर्ट लिए| मैले त्यो लिए, उनले मेरै लै लै मा लागेर “Mother of Dragon” छापिएको टिसर्ट किनीन्| त्यसको मतलब के हो, त्यो कोसँग सम्बन्धित छ केहि पनि थाहा थिएन उनलाई|
“तिम्रो लागि गिफ्ट, खुरुक्क राख|” मैले पैसा दिन जिद्दी गर्दा उनले यति भनेर मेरो मुख चुप लगाइन्|
“ म पनि गिफ्ट दिन्छु नि| तिमीलाई के चाहियो भन|” मैले यो नसोधी उनको केहि लिनु पर्थियो तर उनलाई मन नपरे भने फेरी मैले के गर्थिए|
“गिफ्ट नि सोधेर दिन्छन र|” उनको यो प्रश्नले, केहि बेर गाह्रो पार्यो मलाई|
“नसोधेर दिदा तिमीलाई मन परेन भने?” मनको संकोचलाइ प्रश्नको रुप दिए|
“यति संगत गरेर पनि मलाई के मन पर्छ के मन पर्दैन भनि थाहा छैन तिमीलाई? तरिका हो?” दोरेश खतिवडाले गर्दा सबैमा यहि वाक्यो लहर छ| जसको मुखमा पनि यहि वाक्य| जिस्किदा होस् या ठुस्स पर्दा, “तरिका हो” भनि हाल्ने सबैले| इस्मी पनि केहि फरक थिन, उनले पनि यहि वाक्यको प्रयोग गरिन्|
“आजलाइ कफीले काम चलाउ| अर्को पालि तिमीलाई मन पर्ने गिफ्ट ल्याऊछु|” हुन त उनले कहिले गिफ्ट चाहियो भनेकै थिन तर पनि मैले गिफ्ट किनिदिने बाचा गरे| हामि बसन्तपुर जानुको कारण र himalayan java कसरी पुगेउ, यहि हो त्यसको छोटो कहानी|
भोलि पल्ट बिहान इस्मीको मेसेज आयो, “३० मिनेट ढिला हुने भए म|” १० बजे आएको मेसेज, नुहाउन जान लागेको थिए, चुरोट सल्काउने समय पाए| चुरोट अनि चिया, कमालको जोडी| साथिहरुलाई कहाँ जान लागेको भनेको थिए तर को संग चाही भनेको थिन| इस्मीको नम्बर सेभ गरेको थिन, साथीले देख्लान भनि|
११:३० भनेको उनले, ११:३० मा पनि तैयार भएकी थिन उनि| भुत हिड्ने समय, १२ बज्यो उनि तैयार भएर हाम्रो यात्रा प्रारम्भ हुन| धेरै पछी, त्यो बाटोमा, आफ्नो बाइक पछाडी केटि राखेर, कहिँ जादै थिए| यस्तो सुन्दर बाटो, बेलुका परेपछी गाडीको ताती लागेको हुन्छ, अनि यहि बाटो दिक्क लाग्ने| समय हजुर समय, समयले सुन्दर बनाउछ अनि समयले नै बर्बाद|
साँगा हुदै बनेपा अनि धुलिखेल, करिब ३० मिनेटको यात्रा| गफ, परिदृश्य, एक अर्काको साथ, यसमै रम्दै थियौ हामी| एक अर्काको साथमा समय बितेको पत्तो नहुने| झन् धुलिखेल पछी बाटो साधुरो भएपनि, खुल्ला अनि रमणीय| हामि बीच सम्बन्ध छ छैन मलाई त्यसबखत थाहा थिएन, थाहा थियो कि हामि बीच अहिले पनि एउटा ब्याग थियो| इस्मीले कहिले त्यो ब्याग नहटाउने| अचम्म| यसरि नै दोलालघाट पनि पुगेउ|
दोलालघाट कस्तो छ, त्यहाँ हेर्ने घुम्ने ठाउ के के छन्, दोलालघाट किन जानु पर्छ र मान्छे किन जान्छन| यो जवाफ त्यहाँ गएपछी पाइन्छ| खोला छेउ गएर, पानिमा खुट्टा डुबाएर बात मार्न लागेउ हामि| एकछिनको गफ पछी पेटले खाना माग्न सुरु गर्यो|
“खाजा खाने हैन? कि यहि खोलाको माछा समात्ने बिचार छ|” भोक लाग्यो भनि भने उनलाई|
“सुकुते बीच नजिक छ, के छ बिचार?” इस्मीले यस्तो प्रस्ताभ राखिन्, मैले नाइँ भन्न सकिन|
सुकुते बीच पुगेर खाजा खान पाइन्छ भनेको तर इस्मीको दिमागमा अरु केहि चल्दै रैछ| त्यहाँ पुग्ने बित्तिकै, उनि कता गायब भइन् भइन्| पक्कै पनि वासरुम गइन् होला सोचेको, हैन रैछ| ५ मिनेटको अन्तराल पछी उनि कपडा फेरेर, स्विमिंग सुटमा आइन्| अहिले सम्म मैले उनको जिउको बारेमा केहि सोचेको थिन तर यस्तो मिलेको जिउ, मेरो नियत थोरै तल माथि भयो| तर यो रहस्य म भित्र नै छ, उनले थाहा पाएकी थिन|
“स्विमिंग गर्ने हैन?” उनले यस्तो प्रश्न गरिन् जसको जवाफ मैले आफैलाइ सोध्नु पर्छ| उनि घरबाट नै पौडीको लागि तैयार भएर त्यहि मानसिकता बनेर आएकी थिइन् अनि मलाई केहि थाहाथिएन| फेरी मैले कपडा पनि ल्याएको थिइन, क जवाफ दिनु मैले| फेरी उनको त्यो सानो ब्यागमा लुगा कसरि अट्यो? डोरेमोनको ब्याग हो कि के हो उनको| हह्हा
“डुबे भने?” जिस्केर जवाफ दिए|
“पानिमा कि मेरो …” उले वाक्य पुरा गरिन तर मैले बुझे| उनले मलाई चुप लगाउने जवाफ दिईन्|
“मैले स्विमिंग कस्ट्युम ल्याएको छैन|” सत्यता राखे उनको सामु|
“त्यहाँ काउन्टरमा पाइन्छ|” उनले यति भनेपछी म पनि तैयार भएर स्विमिंग पुलमा पौडिन लागे| उनको शरीरमा अघि नै डुबीसकेको थिए| यसरि नै आजको दिनको अन्त्य भयो| घर फर्किने बेला, ५ बजेको थियो| ५ बजे सुकुटे बीचबाट फर्किन तैयार भयौ| बनेपामा चिया खान रोकेको थिए, चिया पसलमा उन्को खुट्टा मर्कियो| भातको अन्तिम गासमा ढुंगा परेको जस्तै भयो|
घर पुग्दा 7 बजेको हुनुपर्छ| उनको खुट्टा मर्किएको, उनलाई माथि कोठा सम्म नै पुर्याउनु पर्ने| उनको कोठा पुगे र मैले जे देखे बिस्वास गर्न सकिन| मेरो आखा अगाडी, इस्मी …
