Part 28

“तिमि छौ त, भुत्त आए पनि तिमीलाई देखेर भाग्छ| ल ल गुडनाइट|” इस्मिले यति लेखेर मेसेज गरिन् र मेरो निन्द्रा सिधै बिहान खुल्छ|

निन्द्रा खुल्दा आकाशमा सुर्य अनि मेरो छेउमा चिया थियो, अनि कानमा आमाको आवाजले निन्द्रा खुलेको हो| राति बैठक कोठाको खातमा पल्टिएको जस्तो लाग्छ तर निन्द्रा भने बैठक कोठाको सोफामा| बच्चा बेला दुध खाएर सुत्दा, सुतेको सोफामा हुन्थिए अनि निन्द्रा पलंगमा खुल्थियो| रक्सि पिएर सुत्दा, ठ्याक्कै उल्टो|

“इलाम आजै जाने हो?” आमाको प्रश्न| प्रश्न भन्दा पनि त्यो व्यंग्य थियो| कुच्चो लगाउदै आमाले प्रश्न सोध्नु भएको थियो|

प्रश्न सोध्दा आमा मेरै छेउमा कुच्चो लगाउदै हुनुहुन्थियो, जवाफ दिन थोरै ढिलो गरेको थिए, आमाले झ्यालको पर्दा हटाउनु भयो, र मेरो अनुहारलाइ घामको किरणले चुम्यो| चुमेको भए मलाई पनि आनन्द महसुस हुनु पर्ने थियो| तर मलाई चिध्याउदै थियो त्यो घामको किरणले| ओछ्यान माथि डसना हुन्छ अनि डसना माथि तन्ना तर म त्यहि तन्ना ओढेर सुतेको थिए| तन्नाले मुख छोपेर सुत्ने प्रयास गर्दै थिए| आमाले तन्ना पनि तानिदिनु भयो र जसरि मलाई उठाउन खोज्दै हुनुहुन्थियो| चाहे ५ मिनेट नै किन नहोस् तर अझै सुत्न मन थियो|

“उठ अनि तैयार हो| ढिलो हिडिस् भने ढिलो फर्किन्छस्|” आमाले उठाउनुको कारण|

“इस्मीलाइ उठ्न भन्नु न|” अझै सुत्ने बहाना खोज्दै थिए म तर आमाले “उठी सकिन् नानि|” भनेर मेरो प्रयास विफल गर्नु भयो|

“उसलाई तैयार हुन भन्नु, मलाई ५ मिनेट त हो नि|” अर्को बहाना खोजे तर फेरी पनि आमाले “नुहाएर तैयार भइसकिन्| त पनि उठेर नुहा|” भन्नु भयो| मेरो दोस्रो प्रयास विफल|

“नाइँ, फर्किएपछी नुहाउछु|” यति बिहानै को नुहाउछ, नाइँ भने आमालाई|

“पर्दैन, पाथिभारा पनि दर्शन गरेर आउनु| त्यसैले नुहाएर जा|” म सुतेको बेला यहाँ के के तैयारी भएर के के योजना भइसकेछ| अब मेरो केहि नलाग्ने पक्का थियो| भोक लागेको थियो, बिस्कुट मागेको, त्यो पनि दिनु भएन आमाले| खालि पेटमा दर्शन गर्नु पर्छ भनि| जय पाथिभारा माता|

उठे, नुहाए अनि तैयार भए| यति गरेर भ्याए अनि भर्खर 7 बजेको थियो| मेरो निन्द्रा नपुग्नुको मुख्य कारण| तैयार भए तर इस्मीलाइ कहिँ देखिन| यतै हुनुपर्ने तर कहा छिन् मलाई थाहा छैन| भान्सामा हेरे छैन, मेरो कोठामा नि छैन, अनि आगनमा पनि| आमालाई सोधे, छतमा छिन् भन्नु भयो| छतमा के गर्दै छिन् इस्मी? आमालाई सोधेको थाहा छैन भन्नु भयो| छत तिर लागे|

फिजिएको कपाल, सुनकेशरी कपालमा घामको किरण| दृश्य यस्तो थियो मानौ हिमालको चुचुरोमा घामको किरण सजिएको छ| केटिको कुन लुगालाइ के भन्छन भनि मलाई धेरै ग्यान छैन तर तर जिन्स प्यान्ट थियो र माथि कुर्ता थियो सायद| कालो जिन्स अनि निलो कुर्ता, यहि थियो उनको पहिरन| मैले नियत बिगारेको हैन तर उनको शरीर यस्तो मिलेको देखिएको थियो, मेरो आखा र मन दुवै हटाउन मुस्किल थियो|

संजोक के भने फेरी, म माथि पुग्ने बित्तिकै, उनले फिजिएको कपाललाइ आफ्नो बाया काधको अघि लगिन्| उनको त्यो सेतो सर्लक्क मिलेको नाङ्गो घाटी| त्यहाँबाट मुनि जाने हो भने, बनावट मिलेको शरीर र कम्मर| त्यहाँ भन्दा मुनि जानु मेरो नैतिकताले दिदैन| उनको कानमा इयरफोन थियो, पक्कै पनि गित सुन्दै होलिन् सोचे| उनले मलाई देखेकि थिइन र मैले उनलाई पछाडीबाट मात्र देख्दै थिए| पछाडीबाट गएर उनलाई तर्साउछु सोचे र उनि तिर बढे| उनको पछाडी पुगेपछी, आफ्नो दुवै हातले उनको काधमा अलि बेस्सरी जोर लगाए र “भाउ” भनि तर्साए|

मैले जिस्किन सोचेको तर उनि रिसाइन्| उनि फोनमा बोल्दै थिइन्| मलाई के थाहा| त्यो पनि भिडियो कलमा बोल्दै रैछिन्| अरु कोहिसंग हैन, उनको श्रीमानसंग बोल्दै थिइन्| बल्ल सोच्न बाध्य भए, उनले बुढालाइ के भनि यहाँ आइन् मसंग| मसंग नै आउने भनेर भनेको पक्कै पनि हैन| कि यहाँ आएको नै भनेको छैन उन्ले| नभन्ने त हुन्न, भिडियो कलमा थिइन् उनि अनि भिडियो कलमा ठाउ फेरिएको थाहा हुन्छ| इस्मीले मलाई आखा तरिन् र फेरी पनि फोनमा बोल्न लागिन्|

“भाइले सात्तो खायो नि|” उनले फोनमा बोलेको झुठले मेरो मन कटक्क खायो| म उनको भाइ रे? अरु केहि साइनो लाउन सक्थींइन् नि उनले| तर उनलाई जे सजिलो भयो उनले त्यहि गरेको हो, उनलाई दोष लगाउनु गलत हुन्छ| केहि बेर त्यहि छेउमा बसेर इस्मीको फोन सकिने प्रतिक्षा गरे| उनले पनि फोनमा अकुर सक्याईन्|

“दिमाग छैन है?” फोन राख्ने बित्तिकै इस्मीले मसंग रिसाएको कुरा लुकाउन खोजिनन् र सिधै रुस्ट स्वरमा मसंग बोलिन्|

“के गरे मैले?” लेघ्रो तानेर, माया लाग्ने स्वरमा उनलाई प्रश्न गरे| मेरो गल्ति मलाई थाहा थियो तर …|

“के गरे रे? के के भनेर यहाँ आएको छु, तिमि चाही मेरो सबै मिहिनेतमा पानि हाल|” इस्मीको रिस शान्त भएको थिएन र यति चाडै सकिने कुरा पनि हुन्न र मैले रिस मार्नलाई केहि गरेको पनि थिइन|

“सरि” भन्दै माफी मागे| अचम्म लाग्यो जब उनले भनिन् “ल भयो, जाम अब|” यति सजिलै रिस मरेको हो र उनको? अचम्म लाग्यो? रिस मरेको हैन रैछ| किन कि बाइक स्टार्ट भयो, यात्रा सुरु भयो तर हाम्रो बार्तालाप ठप्प थियो| उनले आफै केहो बोलेको थिइनन् र मैले सोधेको हरेक प्रश्नको जवाफ एक शब्दमा दिदै थिइन्|

“कस्तो राम्रो बाटो है?” भन्छु म अनि उनको जवाफ आउछ “अ|”

“ स्पिड धेरै भयो?” सोध्छु अनि उनको जवाफ आउछ “छैन|”

“फोटो खिच्ने हो?” सोध्छु अनि उनको जवाफ आउछ “नाइँ|”

“अझै पनि रिसाएको छौ?” सोध्छु र उनको जवाफ आउछ “छैन|”

“कस्तो लाग्दै छ?” सोध्छु अनि उनको जवाफ आउछ “राम्रो|”

यसरि नै …

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts