Part 29

यसरि नै पाथीभारा मन्दिर पुगेउ हामि| बिहे हुनु अघि प्रेम जोडी, संगै मन्दिर जानु हुन्न भन्छन| यदि गयो भने, सम्बन्ध गन्तब्यमा पुग्दैन सुनेको थिए| इस्मी र म, हामि प्रेम जोडी पनि हैन अनि हाम्रो गन्तब्य बिहे पनि हैन| इस्मीको बिहे अरु कोहिसंग भइसक्यो र मैले अहिले सम्म आफ्नो बिहेको सोच राख्न भ्याएको छैन| पाथिभारा माताको मा जे माग्यो त्यहि पुग्छ भनि बताइएको थियो मलाई|

केहि माग्नु पर्न थियो तर भगवानलाइ धन्यबाद भने, अहिलेको पलको लागि धन्यबाद भने र इस्मीको भिसा चाडै आओस् भनि मागे| इस्मी पनि दुवै हात जोडी, टाउको निहुराएर, भगवानलाइ ढोग्दै थिइन्| उनले भगवानसंग माग्दै के थिइन्? इलाम जादा कति धेरै गफ गरौला, कति रमाइलो होला सोचेको थिए तर हाम्रो गफ भनेको एक दुइ शब्दमा टुंगिदै थियो| गल्ति मेरै हो जस्तो नलागे पनि, इस्मीसंग ,माफी मागे|

“गल्ति हजार हुन्छन, यहाँ होश हराएको बेला|” तर यदि कुनै सम्बन्धमा गल्ति हुन्छ भने, त्यो सधै केटाको हुन्छ| माफी मागे तर इस्मिको जवाफ मैले सोचेको जस्तै थियो| “तिमिसंग रिसाएको छैन के म|” उनले यति नै जवाफ दिइन्| मैले बुझ्दिन जस्तो| उनले जे भने पनि उनि रिसाएकी थिइन् नत्र उनि यसरि चुप बस्ने मान्छे नै हैन| माफी माग्नु नै सबै समस्याको हल हैन| यदि माफी मागेर सबै चिज सुल्झिन्थियो भने, युध्दमा गोलि चल्नु अघि बोलिले सबै सकिन्थियो होला|

“कन्याम पसेर इलाम जाने कि फर्किदा चाही कन्याम पस्ने?” इस्मीलाइ नै रोज्न दिए| कन्याम जाने भइयो सुरुमा| कन्यामको चिया बारी, आखाले देख्न सक्ने जति जहाँ हेर्दा पनि, चिया बारीको मनोरम्य दृश्य मात्र देखिने| रम्न र खुसि हुन अनगिन्ती कारण छन तर इस्मी चाही ठुस्स परेकी थिइन्| जब इस्मी नै खुसि थिइन भने, म कसरि खुसि हुनु| रमणीय हुनु पर्ने पल तर खल्लो थियो त्यो पल|

“यसरि ठुस्स पर्ने कार्यक्रम अलि पछीलाइ सारे हुन्न? म कहिँ जाने हैन, तिमि निरै हुन्छु| कन्याम सधै हुदैन, त्यसैले म संग पछी रिसाउ, अहिले रम्न मिल्दैन?” थप प्रयास गर्न लागे उनलाई फकाउने||

“म तिमिसंग रिसाएको छैन भने नि|” इस्मीलाइ फकाउन खोजेको थिए तर उनि झनै रिसाइन्| रिसाएको शब्द गलत होला, उनि उडास थिइन्|

“नरिसाएको भए के हो यो? मसंग राम्ररि बोलेकी पनि छैनौ| अघि देखि कति कोशिश गरे तर तिम्रो जवाफमा न कुनिया रुची, न् कुनै उत्सुकता, न् कुनै रस न कुनै मिठास नै छ| जबर्जस्ति गरेर, कर लगाएर बोलेको जस्तो गर्दैछौ| माने मैले त्यसरी तर्साउनु हुन्थिएन| तिमीले निश्चललाइ के भनि सम्झाएको थियौ होला अनि मैले गर्दा झनै गाह्रो भयो होला तिमीलाई| तर मेरो गल्ति यति ठुलो छ कि तिमि यति धेरै रिसाउनु पर्ने| अहिलेको पल बिथोल्न जरुरि छ र?….” अरु पनि धेरै कुरा भने इस्मीलाइ| उनलाई फकाउने कोशिशमा, म आफै दिक्क भएको थिए| यो मेरो आक्रोश निक्लिएको हो जुन थोरै ग्लानीमा लत्पतिएको छ|

“म तिमीसंग रिसाएकी हैन|” इस्मीले त्यहि हवाफ फेरी पनि दोहोर्याउदै थिइन्|

“त्यसो भए यो के हो?” मेरो पनि फेरी त्यहि प्रश्न|

“म तिमिसंग हैन आफुसंग रिसाएको हु| मलाई थाहा छैन म यो के गर्दै छु| निश्चलसंग झुठ बोलेर यहाँ आएकी छु तिमिसंग| मैले यो गर्नु ठिक हो र? ठिक हो कसरि भनौ जब मैले झुठ बोल्दै छु| झुठ बोल्नु पर्छ भने यो ठिक कसरि हुन सक्छ? यदि गलत हो भने, मलाई गल्ति किन जस्तो किन लागेको छैन? तिमिसंग कुनै अनैतिक सम्बन्ध छैन मेरो, शारीरिक सम्बन्ध परको कुरा हो तर मन बरारिएको त हैन नि मेरो? धोका भनेको शरीर सम्भोग मात्र हो तर यसरि मन बरारिदा धोका हुन्छ कि नाइँ? म तिमीसंग हैन आफुसंग रिसाएको हो|” इस्मीले यति भन्दै मेरो अँगालोमा आइन्

अँगालोमा उनि हैन उनको आशु पनि थियो| उनि रुन लागिन् मेरो अँगालोमा| यस्तो अवस्थामा के गर्नु पर्छ र के भन्नु पर्छ मलाई केहि थाहा थिएन| इस्मीलाइ चुप लगाउनु पर्ने हो अनि उनलाई खुसि बनाउनु पर्ने हो तर कसरि?

“तिमिलाइ यदि गलत लागेको छैन भने यो गलत हैन| मेरो मनमा पाप छैन, तिम्रो मनमा पनि पाप छैन| केटा केटि साथि मात्र हुन सक्छन र यो सम्बन्धमाथि प्रश्न उठाउने को? यदि हाम्रो सम्बन्ध गलत हो भने, राध कृष्णको सम्बन्ध पनि गलत हो|…” सक्दो प्रयास गरे उनलाई सम्झाउने र सफल अपनी भए| इलामको लागि भनि घर बाट निक्लिएको हामि तर कन्याममा नै ३ घण्टा बितायौ| इस्मीको सिर मेरो काधमा अनि मेरो सिर उनको सिरमा| यसरि नै ३ घण्टा अम्म गफ गर्दै बिताइयो| नेपालको सरकार र इलामको मौसम, कुन बेला बदलिन्छ कसैलाइ पत्तो हुदैन| पानि पर्यो र हामि चियाबारीबाट उठ्नु पर्ने भयो| उठ्नु मात्र हैन दौडिनु पर्ने भयो, पानीले चुट्यो हामीलाई|

ओत लाग्न एउटा होटलको खोजीमा थियौ हामि र बाटै छेउमा “कुइरो” भन्ने होटल रैछ| त्यहि ओत लागियो| त्यहाँ पुगेपछी बल्ल याद आयो, हामीले बिहानबाट केहि खाएको छैन र अहिले १२ बाजी सक्यो| खाना खायौ र त्यो बेला सम्म पानि पनि रोकी सकेको थियो| इलाम बजारमा केहि बेर घुमियो अनि फर्किदा कन्याममा छुर्पी र खुवा मिठाइ किनेउ| साथिहरुले फायरबल लिदै आइज भनेका थिए| फायरबल मतलब ब्रान्डीको नाम हो| त्यो कति खोजे तर कहिँ भेटिन| घर फर्किदा ६ बजेको थियो र आमाले

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts