Part 34

बिहान फोन बजेको आवाज आउँछ, तर फोन उठाउन नपाउदै आवाज आउन बन्द भयो। म बिउझिएको पनि थिन, फोनको आवाजले बिउझाउने कोशिश गर्यो तर सफल भएन। बर्दिबास, गर्मि ठाँउ, फ्यान पनि चल्दै थियो अनि मैले ब्लान्केट पनि ओढेको थिए। जाडो होस् या गर्मि, ब्लान्केट जहिले चाहिने मलाई। एक कोल्टे फेरे, ब्लान्केटले आधा जिउ ढाकेको छ आधि खुल्लै छ। फेरी पनि फोन बज्यो, फोन खोज्छु भेट्दिन। यता बज्यो जस्तो लाग्छ हेर्छु छैन,उता बज्यो जस्तो लाग्छ हेर्छु छैन। फोन बज्न बन्द भयो तर फोन भेटिन।

फेरी पनि फोन बज्यो, फेरी खोज्न लागे। सिरानी मुनि हेर्छु छैन, जिउको वरीपरि हेर्छु छैन, बसेको ठाँउबाट नै उता गएर हेरे, कहिँ आफ्नै जीउले छोपेको छ कि भनि, त्यहाँ पनि छैन। पलंगको मुनि हेर्छु त्यहाँ पनि छैन। छेउको टेबुलमा हेर्छु, त्यहाँ पनि छै।| मेरो वरीपरि बजेको जस्तो लाग्छ तर वरिपरी कहिँ छैन। आवाज बन्द भयो र निन्द्रा पनि गायब।

फोन बज्न छाडेपछी फोन खोज्ने जागर पनि हरायो।

एकछिनलाइ मात्र हो जागर हराएको,जब फोन फेरी बज्यो, फेरी फोन खोज्न लागे। पक्का भए कि मेरै जिउको वरिपरी नै छ मोबाइल, किन कि आवाज ओछ्यानबाट नै आउँदै थियो, खोज्ने कसरि? ओछ्यान छाडेर बाहिर निक्लिए र सुरुमा ब्लान्केट फ्याले भुइमा। ब्लान्केट भुइमा फ्यालेको, आवाज भित्ताबाट आउछ। मोबाइल ब्लान्केटमा अड्किएको रैछ र ब्लान्केट भुइमा फ्याल्दा, मोबाइल भित्तामा पछारिन पुग्यो|

धेरै अघि एउटा स्टेटस हालेको थियो फेसबुकमा, त्यहि याद आयो। “मेरो मोबाइल पनि मेरो मुटु जस्तै छ, कति पटक खस्यो, कति पटक भिज्यो, कतिले खेले, कतिके हुत्याए तर पनि अहिले पनि चल्दै नै छ।” यहि थियो स्टेटस। भित्तामा ठोकिएर त्यति ठुलो आवाज आउदा मोबाइल फुटे सोचेको, केहि भएको थिएन। फोन फेरी पनि कटी सकेको थियो। लक स्क्रिनले नै बतायो ६ बजेको छ भनि। साच्ची ७ बजे गाडी हिड्छ भन्थियो भाइले। कहिँ उसकै फोन त हैन नि? फोन हेर्छु नया नम्बरबाट फोन आएको थियो। फोन लगाए, दुइ घन्टीमा फोन उठ्यो।

“दाइ, गाडी बिग्रियो, १० बज्छ है बनाउदा।” हो रैछ गाडीको भाइको फोन। १० बजे मात्र जाने भनेपछी, म अझै सुत्न पाउछु

इस्मी चाही कहाँ छिन्? कति चाडै उठ्न भ्याएकी! कोठामा छैनन्, वासरुममा रैछिंन्। वासरुममा पानिको आवाज आउँदै छ, इस्मी नुहाउदै छिन् पक्कै पनि, उनलाई बोलाउन उचित लागेन र फेरी पनि ओछ्यानमा गएर पल्टिए। पल्टिए र हिजोको पलमा फेरी पनि रम्न लागे, सम्झिएर…..

हिजो मनमा डर थियो, कहिँ आज ग्लानि महसुस हुने हो कि भनि तर आनन्द आउदै छ। हिजोको हरेक पल सम्झिन्छु, अनि झन् आनन्दीय महसुस गर्छु। म आफुमा इस्मीलाइ भेट्दै थिए। सधैं पसिना गनाउने मेरो शरीरमा अहिले इस्मीको महकको सुगन्ध छ। अहिले पनि इस्मीको स्पर्शले मेरो शरीरमा पाउदै छु। लाग्दैछ कि मेरो शरीरमा अहिले पनि इस्मीको शरीर छ। इस्मीको शरीरको स्पर्श अनि इस्मी मसंगै भएको एहसास यस्तो नशा छ, जीवन भरि यहि नशामा बाकि दुनिया भुल्न सक्छु। अनि इस्मी, नुहाउन गएकी छिन्, इस्मीको महाक जुन मेरो शरीरमा छ, त्यो जिन्दगी भरि यहि रहोस् भएको छ। यहि एहसास बिच निदाएछु।

बिउझिदा ७ बजेको थियो। लगभग ३० मिनेटको लागि निदाएछु| बिउउझिए, बिउझिदा कोठामा इस्मी छैनन्। हैन ३० मिनेट देखि उनि नुहाउदै नै छिन्? वासरुमबाट पानीको आवाज बन्द भइसकेको थियो, वासरुममा पनि छैन इस्मी। इस्मीको ब्याग पनि छैन कोठामा ब्याग लिएर चाही कहाँ गइन् इस्मी? फोन गरे उनलाई, फोन लाग्छ तर उठ्दैन। दुइ तिन पटक फोन गरे उठेन। त्यसपछि उनले फोन पहिलो घन्टीमा नै काट्न लागिन्। अनि एकछिनमा उनको मोबाइल अफ भयो। एकछिन सम्म फोन प्रयास गर्दै थिए उनलाई तर उनको मोबाइल अन भएन।

इस्मी कहाँ छिन् भनेर चिन्ता लाग्नु स्वाभाविक हो। हतार हतारमा तयार भए र ब्याग लिएर रिसेप्सनमा पुगे। रिसेप्सनमा कोहथिएन। पैसा लिनलाइ मान्छे पर्खिएको थाहा थियो, पैसा दिनलाइ म पर्खिदै छु आज।

“दिदिले हजुरलाई दिदि काठमाण्डौ जानु भएको भन्दिनु भन्दै हुन्थियो। होटेलको भाइले मलाई सन्देश दियो। चिन्ता निकै कम भयो। इस्मी कहाँ छिन् भनेर अब चिन्ता गर्नु पर्दैन थियो मैले। चिन्ता सकियो प्रश्न आयो मनमा। आखिर के आइपर्यो र इस्मी मलाई केहि नभनी काठमाण्डौ गइन्। त्यस्तो जरुरि के आइपर्यो र उनलाई! मलाइ भनेर त जान सक्थिइन् उनि। जति हत्तार भएपनि उठाउन त सक्थिइन् नि मलाई। फेरी हाम्रो गाडी बिग्रिएको थियो, कुन गाडीमा गइन् उनि? कहिँ उनको भिसा लागेर उनलाई लिन कोहि आएको हो कि? कि उनको परिवार काठमाण्डौ पुगेको हो कि? कम्सेकम मेसेज त गर्न सक्थिइन् नि उनले। ल मेसेज गर्न भुलिन् होला उनले, तर मैले गर्दा फोन उठाउन त सक्थिइन् नि उनले। मैले सोचे भन्दा धेरै ठुलो कारण हुन सक्छ या मैले सोचेको कारण केहि नै नहुन सक्छ। गाडी चढे र गाडीमा निदाएछु।

कस्तो पत्तुर गाडी, मुल्कोटमा फेरी पनि बिग्रियो। गाडी धन्न ठाउमा बिग्रियो, खाना खाने होटेल छेउमा नै थियो। गाडी बन्न अझै केहि घण्टा लाग्ने, खाना खाए अनि इस्मीलाइ फोन गरे। इस्मीको फोन लाग्यो र उठ्यो नि|

“हेल्लो

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts