“हेल्लो, कहाँ छौ?” इस्मीले फोन उठाउने बित्तिकै उनलाई सोधे। उनलाई गालि गर्न मन थियो तर गरिन, फेरी रिसाइन् भने, अर्को तनाव।
“भर्खर घर पुगे। किन र?” इस्मी यसरि बोल्दै छिन् कि केहि भएकै छैन, सबै सामान्य छ जस्तो गर्दै छिन।
“किन रे? कस्तो किन हो? राति संगै भएको मान्छे, बिहान उठ्दा छेउमा छैन। जान लाग्दा त भन्नु पर्छ नि, जानु अगाडी त भन्नु पर्छ नि, कहाँ गको किन गको केहि पत्तो छैन। नभनी को जान्छ के? फेरी किन गएको भनि पनि थाहाछैन। गएको हो कि कसैले लगेको पनि थाहाछैन। आफुले भनेन भनेन, मैले फोन गर्दा त फोन उठाउनु पर्छ नि। ल थाहा पाएन, यो हुन सक्छ। फेरी एकछिनमा फोन अफ हुन्छ, अनि अहिले अन हुन्छ।फोन आफै अफ भयो होला ब्याटरि नभएर तर अन तिमीले गरेउ होला। अँ गरेपछि मेरो मिसकल देखेउ होला। त्यहि पनि फोन गर्नु पर्छ भन्ने सोच आएन?” मैले आफुलाइ रोक्न सकिन, मेरो धैर्यताको बाध टुट्यो र मनमा रहेको सबै आक्रोश इस्मीमा खनियो। मैले आफ्नो मन खालि गरेर, सबै आक्रोश पोखे, इस्मीले आफ्नो बचावमा केहि भन्नु पर्थियो नत्र आफ्नो गल्ति स्विकार्नु पर्ने थियो तर उनि चुप बसिन्। चुप बस्नु नै गल्ति स्विकार्नु पनि हुन सक्छ तर मलाई जवाफ चाहिएको थियो। इस्मीको जवाफले मेरो रिस अझै बढ्न सक्छ या सबै शान्त हुन सक्छ तर… यदि उनि यसरी चुप बसिन् भनेर, मेरो रिस साम्य हुन्न, अझै ठुलो आकार लिनेछ रिसले।
“फोनमा बोल्नु पर्छ, थाहा छ नि?” मनमा जे थियो, त्यो भनेको भए, सायद म जस्तो नराम्रो मान्छे कोहि हुन्थिएन। त्यसैले बरु इस्मीबाट नै केहि आउछ कि भनि उनिसंग रिसाउदै छु।
“मैले फोन गरेको हो र?” इस्मीको यो जवाफले मेरो आक्रोशलाइ दोब्बर गर्दियो। म रिसाएको थिए, रिस भन्दा पनि असन्तुष्टि मिसिएको छ मेरो भावनामा। इस्मीले मेरो भावनालाइ बुझेर मलाई फकाउनु पर्ने थियो तर उनि अन्जान बनिदिइन् मेरो भावनाबाट| उनले मेरो भावनाको कुनै कदर नगरी, उल्टै मैले फोन गरेको हो भनि मलाई रिसको चरम सिमामा पुर्याइन्। हिजो रात हामी माया र सुखको चरम आनन्दमा थियौ र अहिले रिसको चरम सिमामा। रिसाउनु पर्ने म, फुलेकी छिन् उनि, कारण थाहा छैन किन भनि।
“त्यहि भन्दै छु, बोल्नलाइ के छ र, मैले किन फोन गर्नु?” इस्मीको कुनै शब्द चित्त बुझ्दो थिएन।
“मतलब बोल्नलाइ केहि छैन?” रिसले गर्दा मैले यस बाहेक अरु केहि शब्द नै पाइन। दिमागमा रहेको शब्दहरु रिसमा थिचिएर बाहिर निक्लिन योग्य रहेनन्।
“बोल्नलाइ केहि छैन, अनि हामी बीच पनि केहि छैन। जे भयो गल्ति थियो, हामीले जे गरेउ भुल गरेउ। यो सम्बन्ध पहिलो पठाओ रिक्वेस्ट पछी सुरु भयो तर यो सम्बन्धको सुरुवात हुनु नै हुन्थिएन। हामी बहकिदै गयौ। हामि साथी मात्र हुन सक्थियौ तर हिजो जे भयो, त्यसले हाम्रो सम्बन्धको अन्त्य गरिदियो। त्यस्तो सम्बन्धको अन्त्य जुन कहिले सुरु नै हुनु हुन्थिएन। ढिलो चाडो यो सम्बन्धको अन्त्य हुनु नै थियो, यो तिमीलाई पनि थाहा थियो अनि मलाई पनि तर यसरी सकिन्छ भनि सोचेको थिन मैले।” इस्मीले जे भनिन्, त्यसमा समर्थन पनि गर्न सक्दिन र नकार्न पनि सक्दिन।
“हिजो जे भयो, त्यो गल्ति हैन। हामीले चाहेर भएको हैन अनि गर्छु भनि गरेको हैन। हामी मात्र मोहोरा थियौ, चाल सबै मनले चल्यो। हिजो जे भयो त्यो गल्ति हैन, भावना थियो अनि हामी भावनामा बगेउ।” इस्मीलाइ आत्मग्लानी हुदै थियो, त्यहि कम गर्ने कोशिश गर्दै थिए म।
“तिमीले कसरि भन्न सक्छौ कि यो गलत हैन? मेरो बिहे भइसक्यो, मैले आफ्नो बुढालाइ धोका दिए। मैले उहाँको बिश्वास तोडे। मैले बुढो हुदाहुदै पराइ पुरुषसंग कसरी सुत्न सक्छु? अनि तिमी यसलाई गलत हैन भन्दै छौ। मैले बुढा हुदाहुदै, बुढालाइ मात्र माया गर्नु पर्ने थियो। तिमी आफै सोच, भोलि तिम्रो बुढी अरु कोहिसंग गयो भने के गर्छौ? अप्नाउछौ आफ्नो बुढीलाइ?” इस्मीको प्रश्नले मलाई गहिरो सोचमा पार्यो। मैले यो कोणबाट बिचार गरेकै थिइन। मैले सोचे भन्दा निकै भिन्न छ यो कोण तर पनि हिजो जे भयो, त्यो गलत महसुस भएको छैन मलाई।
“माया अनि सम्भोग दुइ भिन्न कुरा हो। हिजो हामी बीच जे भयो, त्यसले तिम्रो निश्चल प्रतिको माया कम भएको छ? छैन नि। तिमीले मसंग बोल्न लागेपछी, निश्चलसंग बोल्न छोडेको या निश्चललाइ माया गर्न कम गरेउ? गरिनौ नि। तिमीले निश्चलको भागको समय र माया मलाई दिएको भए तिमी गलत हुन्थियौ। एक समयमा दुइ जनासंग हुन्न भने, तिमी बाबा आमालाई कसरि संगै माया गर्छौ? अनि शरीर र माया दुइ भिन्न कुरा हुन्। माया गर्न शरीर चाहिन्न अनि माया शरीरसंग हुने हैन। माया बिचारसंग हुने हो, भावनासंग हुने हो आत्मा संग हुने हो। शरीर भनेको जनावर जस्तो हो, दिमाग हुन्न, नैतिकता हुन्न र सोचशक्ति हुँदैन शरीर भोको हुन्छ र तृष्णामा तट्पिदै हुन्छ, त्यसैले यो कसैको बसमा हुँदैन हिजो हामी बीच जे भयो, त्यो शरीरको माग थियो|” इस्मीलाइ जसरि पनि सम्झाउनु थियो। त्यसैले उनलाई चित्त नदुख्ने हिसाबले, उनलाई बुझाउदै गए।
“सजिलो छ हैन तिमीलाई भन्न? अनि हिजो जे भयो त्यो शरीरको माग है? मैले तिमीलाई चिन्न गल्ति गरेछु। मैले हिजो जे भयो, भावनामा बगेर भयो सोच्दै थिए तर तिमीलाई त्यो शरीरको भोक भयो है। त्यसमा माया, भावना केहि थिएन है? बल्ल बुझे, तिमीलाई मबाट त्यहि चाहिएको थियो। अब गइ हाल्छे, जानु अगाडी केहि फाइदा लिनै पर्यो सोचेउ होला तिमीले। तिमीलाइ त मात्र एकचोटी मेरो शरीरलाइ लुछ्नु थियो है। त्यसैले तिमीलाई अहिले केहि पिडा र कुनै ग्लानि भएको छैन तर म तिमी जस्तो छैन। मैले पाप गरे मलाई थाहा छ, अनि त्यसलाई स्वीकार्दै पनि छु तर तिमिलाई त्यो पाप नै हैन लाग्दैछ। अरु केटाहरु भन्दा तिमी अलग छौ सोचेको थिए तर तिमी पनि उहि रैछौ। आजबाट मलाई फोन गर्ने हैन, अनि मलाई भेट्ने कोशिश पनि गर्ने हैन। यदि तिमी अरु केटा ….” इस्मीले अरु के भनिन् मैले भन्न चाहिन। तर अब देखि नभेट्ने अनि फोन नगर्ने भनि बाचा कसम गराउन खोजेकी थिइन् उनले जुन मैले हुन्छ भन्न सकेको थिइन।
मैले अघि जे भनेको थिए इस्मीलाइ सम्झाउन भनेको थिए। उनलाई नराम्रो महसुस नहोस् भनि भनेको थिए। मैले भन्न खोजेको केहि अरु थियो उनले बुझेको अरु केहि थियो। जब गल्ति मेरो छदै छैन भने, उनले किन निहु खोज्दैछिन्? किन मलाई आरोप लगाउदै छिन्? हिजो जे भयो, के त्यसमा मेरो मात्र गल्ति छ र? म अहिले पनि मान्न तैयार छैन कि हिजो जे भयो त्यो गल्ति थियो भनि तर इस्मी किन यस्तो अबुझ भएकी! उल्टै मलाई दोष लगाएर मसंग जिस्किदै छिन् तर यहाँ रिसाउनु पर्ने म हो। पहिलो उनले मलाई नभन्दै त्यसरी हिड्न हुन्थिएन अनि दोस्रो, उनले मलाई आरोप लगाउनु हुन्थिएन। मैले जे गरेको थिए उनकै लागि गरेको थिए अनि उनले नै बुझिन मेरो मनसाय, उनले नै मलाई आरोप लगाइन्, उनले नै मलाई गलत भन्दै छिन्। उनिसंग छुट्टिनु निश्चित थियो, मात्र समय तय थिएन। केहि दिन पछी छुट्टिनु पर्ने, अलि चाडै भएछ। यस्तै धेरै सोचहरु मनमा खेलाउदै र उनलाई गलत साबित गर्दै कोठा पुगे।
बेलुका सुत्ने बेला भयो, इस्मीको याद आयो फेरी। दिउँसो जे जे सोचेर मन मनै इस्मीलाइ दोष लगाउदै थिए, अहिले फेरी उनको बचावमा तर्क गर्न लागे। हिजो उनि पो नशामा थिइन्, म थिइन नि। मैले हिजो जे भयो त्यो रोक्न सक्थिए तर मैले रोकिन। अनि म केटा हो अनि मेरो बिहे पनि भएको छैन। मलाई अरु केटिको शरीरसंग खेल्नु पुरुषार्थ लाग्न सक्छ र गर्ब महसुस हुन सक्छ। तर मेरो यो सोचाइ गलत हो। यदि निश्चलको स्थानमा म थिए भने, के मैले इस्मीलाइ स्विकार्थिए? पक्कै पनि नाइँ । त्यसैले म नै गलत थिए। आफुले माया गरेको मान्छेलाई धोका दिनुको एहसास कस्तो हुन्छ भनि इस्मीलाइ थाहाछ किन कि उनि यो भावनाको सिकार हुदै छिन्। मैले सजिलो छ भन्दैमा सजिलो हुने हैन नि। त्यसैले गलत म हो।
इस्मीलाइ फोन गर्न खोजे तर उनले उठाइन। दोस्रो पटक फोन गर्दा मेरो नम्बर उनको ब्लक लिस्टमा पुगीसकेको थियो। अनगिन्ती मेसेज गरे उनलाई, माफी मागे तर उनको रिप्लाई आएन। यो सिलसिला हफ्ता दिन सम्म चल्यो तर पनि इस्मीले मसंग बोल्न चाहिन। हफ्ता दिन पछी उनलाई फोन मेसेज केहि गरिन, थप मेसेज गर्नाले उनलाई गाह्रो पर्छ, उनको बुढा आउने कुरा थियो अनि उनको बुढाले देखे भने। उनलाई अप्ठेरोमा पार्नुं हुन्न तर उनलाई एक अन्तिम पल्ट भेट्न मन थियो। एक अन्तिम पल्ट भेट्न त मिल्छ नि मैले। सायद जीवनको नै अन्तिम भेट हुन्थियो त्यो, किन कि उनि कहिले फर्किन्छिन अनि म कहाँ हुन्छु, के थाहा?
उनलाई भेट्न उनको पार्लर पुगे। “उहाँले पार्लर बेची सक्नु भयो।” भनि जवाफ आयो। उनलाई भेट्ने एउटा अन्तिम आशा यहि थियो तर… उनको घर जान सक्थिए तर त्यस्तो गर्नु थिएन। उनलाई अप्ठेरो पर्ने कार्य केहि गर्नु छैन। सुरुवात सुन्दर थियो, अन्त्य सुन्दर नभए पनि बत्तर बनाउनु थिएन। यसरि एउटा भबिस्य न रहेको सम्बन्ध अनि आशको अन्त्य भयो।
जीवन फेरी पहिले जस्तै चल्न लाग्यो। मुटु टुटे पनि चल्दै नै थियो। आज अन्तिम दिन हो इस्मीको, आज बेलुका ११ बजेको फ्लाइट छ भन्ने कुनै श्रोतबाट चाल पाएको थिए। अफिसमा थिए, कोहि थिएनन्। आज सबै चाडै निक्लिएका थिए। भर्खर ६ बजेको थियो। मोबाइल चलाउदै थिए, पठाओ एप देखे पठाओ देख्यो कि इस्मी आखा अगाडी आउने। एप अनइन्स्टल गर्न लागेको थिए तर मन लागेन। बरु एप अन गरे, अनि केहि बेरमा पठाओको कानै खाने आवाज आउछ…..
(के यो नयाँ राइड रिक्वेस्टसंग आसिफले कोहि भेट्छ, या उ अब इस्मीको यादसंगै…)
————————-
(इस्मीको दृष्टिकोणबाट)
कानै खाने आवाज आउछ
