(इस्मीको दृष्टिकोणबाट)
कानै खाने आवाज आउँछ, त्यहि आवाजले निन्द्रा खुल्छ मेरो। निन्द्रा खुल्छ त देख्छु, जन्मिदा जस्तो नाङ्गो थिए, अहिले पनि त्यसरी नै नग्न अवस्थामा छु। फरक छ दुइटै नग्नतामा, जब शिशु थिए, पबित्र थिए। न जवानी थियो त्यो नग्नतामा न कसैले गिद्धे नै लगाउथिए। अहिले, म नग्न छु, तर पबित्र छैन। मेरो शरीरमा जवानी र यौन रस यसरि भरिएको छ, यदि बाटोमा यो शरीरको प्रदर्शन गरियो भने, यो शरीरलाइ हेरी, मुख मिठ्याउदै, मुखमा पानी जम्नेछ सबैको, अनि त्यहि पानीले तृष्णा मेटिनेछ।
ओछ्यानमा म एक्लै छैन, म संग आसिफ पनिछ। उ पनि म जस्तै नग्न अवस्थामा छ। उसको हात मेरो जिउमा छ र मलाई अंगाल्दै छ। आसिफ गहिरो निन्द्रामा छ अनि म प्रश्नको सागरमा। म यो अवस्थामा कसरी पुगे? म अनि आसिफ, दुवै एउटै ओछ्यानमा, यो अवस्थामा आखिर कसरि?
हिजोको के के भयो भनि सम्झिन खोजे। सबै क्रम बद्ध रुपमा सम्झिदै गए। हामी पहिले यो होटेलमा आएका थियौ। त्यसपछि दुइ वटा कोठा लिएको थियौ। कोठा पक्का भएपछी, खानाको लागि थकाली पुगेउ। थकालीमा एक बोतल वाइन लिएको थियौ, वाइन लिएर हामी मेरो कोठा पुगेका थियौ। कोठामा रक्सि पिउदै थियौ। म भिसा आएकोमा खुशी थिए तर चित्त नबुझेको केहि पक्षहरु पनि थिए। आसिफले जिद्दी गरेपछि मैले उसलाई सबै भनेको थिए अनि त्यसपछि फेरी भित्र आएर वाइन पिउन लाग्यौं ।
मलाई याद भएको यति मात्र हो। वाइन पिउदै गरेको मान्छे, म अहिले यहाँ अनि यो अवस्थामा कसरि छु? यो अवस्थामा छु तर कसरि याद छैन। तर यो अवस्थामा के के भयो भनि आकलन गर्न सक्छु। रक्सिको नशामा मात्तिएको केटा केटि, बिहान नग्न अवस्थामा, के भयो भनि आन्कलन गर्न मुस्किल पर्दैन। यो अवस्था गलत हैन तर म जोसंग थिए त्यो मान्छे गलत थियो। मेरो बिहे भइसकेको छ र मेरो जीवन साथी कहिँ दिन रात नभनी काम गर्दै हुनुहुन्छ। हाम्रो भबिस्य बुन्नलाइ सक्दो मिहिनत गर्दै हुनुहुन्छ।
मलाई बिश्वास गरेर मलाई एक्लै काठमाण्डौ बस्न दिनु भएको थियो निश्चलले, तर मैले के गरे? उहाको विश्वासको हत्या, उहासंग बिश्वासघात! मैले यसरि अरुको अँगालोमा बाधिनु सहि हो र? मैले अरुसंग शरीर सुख साट्नु कतिको ठिक हो? मैले निश्चललाइ धोका दिनु उचित हो र? म एउटा बिबाहित नारी, मैले मन पर्दी अरुसंग यसरि सल्किनुलाइ मैले आफै ठिक मान्न कसरी सक्छु?
मान्छु मैले यो अध्याय यहि समाप्त गर्न सक्छु। मैले चाहे भने यो घटना यहि दफ्नाउन सक्छु।। यो चार भित्ता भित्र, ओछ्यानमाथि र ब्लान्केट मुनि जे जे भयो, यहि छाडेर हिड्न सक्छु। यहाँ सम्म कि, यहि घटना फेरी दोहोरिदैन भनि अर्को पल्ट देखि सचेत हुन सक्छु। आसिफसंगै सबै नाता तोड्न सक्छु तर…
तर यो सबै कसको लागि? निश्चलसंग लुकाउला यो घटना तर म भित्र जुन ग्लानि छ, ग्लानिबाट कसरि पिछा छुटाउनु मैले? मैले आसिफलाइ आजको बारेमा केहि नभन्न सक्छु तर यो त मैले आफ्नो आत्मा संग आफैले झुठ बोलेको हुन्छ नि। म सबै चिजबाट पर भाग्न सक्छु तर आफुबाट सक्दिन अनि यो घटनाबाट पनि। मैले जति खोजे पनि यो घटना मेरो मन अनि मस्तिस्कमा जिन्दगी भर बस्ने छ र जब जब म निश्चललाइ देख्नेछु, मलाई मैले उसलाई दिएको धोका याद आउनेछ। मैले एक जनालाइ हैन, एउटा मान्छेसंग जोडिएको सबैलाई धोका दिएको छु। मैले निश्चल अनि उसको परिवारलाइ धोका दिएको छु।
निश्चललाइ मात्र हैन, मैले आसिफलाइ पनि ढोका दिएको छु। मैले आसिफको अाँखामा मेरो लागि इज्जत र सम्मानको भावना देखेको थिए। उसको अााँखामा मेरो लागि कहिले पनि हवस देखिन मैले। हिजो जे भयो, त्यसमा आसिफको कुनै गल्ति छैन। गल्ति मेरै हुनुपर्छ र सुरुवात मैले गरेको हुनुपर्छ। नत्र आसिफले यो सुरुवात गर्न नै सक्दैन, उसको मन निश्चल र पवित्र छ। उसलाई यो पनि याद छैन होला कि हिजो रात के भयो? यदि उसले हामीलाइ यो हालतमा देखे भने, मैले गरेको गल्तिको बिझ उसले आफुमाथि थुपार्न खोज्नेछ। यो भनेको मैले अर्को गल्ति गर्नु हो। आसिफले आफुलाइ माफ गर्ने छैन र उ अधुरो हुनेछ। गल्ति मेरो हो र यसको भरपाई पनि मैले गर्नु पर्नेछ।
तर आसिफलाइ मैले सहि कुरा भन्न मिल्दैन नत्र उसले मैले भनेको मान्दैन। हाम्रो सम्बन्धको कहिले भबिस्य थिएन र अहिले पनि छैन। यदि खुशी हुँदै छुट्टियौ भने, पछी सम्म पिडा हुन्छ अनि मनमा आश पनि तर यदि छुट्टिदाको पलमा एक अर्काको गल्ति ओइलाउने काम गर्यो भने, रिस उठ्छ, बिछोड पीडादायी हुन्छ तर आश भने बाँकी हुन्न र सम्बन्धको सहि अन्त्य हुन्छ जहाँ भबिस्य हुन्छ। सम्बन्धको भविष्य हैन, एक अर्काबाट अलग रहेर एक अर्काको भबिस्य।
आसिफलाइ केहि नभनी, एक्लै काठमाण्डौ फर्किने निर्णय गरे। काठमाण्डौ फर्किने निर्णय लिँदा पनि म आसिफको अँगालोमा नै थिए। मलाई आफ्नै शरीरसंग घिन लाग्न थाल्यो। आसिफको हातलाइ पन्छाए र धारा मुनि गएर बसे। पानीले पाप नपखाले पनि जिउ पखाल्दै थियो। आशु पनि त्यहि क्रममा झार्दै थिए अाँखाबाट, ठाँउ ठाँउमानिला दागहरु छन्। आसिफको ओठले मेरो शरीरमा लेखेको पापको दाग हो। आफ्नो शरीर अनि आफुसंग झनै घिन लाग्न थाल्यो। देखे जतिको ठाँउमा साबुन लगाउदै मिच्न लागे। अहिले पनि यस्तो लाग्दैन थियो कि आसिफले अहिले पनि मेरो शरीर छुदै छ। यो एहसास मेटाउनु छ। रिस अनि घृणामा, आफ्नै जिउलाइ जोर जोरेल मिचेर र चिथार्दै नुहाउन लागे।दाग नगए पनि मनमा थोरै शान्ति भयो।
बाहिर निक्लिदा आसिफ अहिले पनि सुत्दै नै थियो। कोल्टो फेरेको थियो। उसलाई केहि नभनी आफ्नो सबै सामान समेटे, अनि कोठाबाट निक्लिए। त्यहाँबाट सिधै बसको काउन्टर गए र टाटा सुमो हिड्न तैयार थियो। त्यसकै टिकेट लिए र काठमाण्डौको लागि हिडे। म सहि गलत के गर्छु थाहा थिएन तर मलाई यहि सहि लाग्यो। आसिफलाइ न उठाएपनि केहि सन्देश छाड्नु पर्ने थियो तर अहिले त्यसको लागि अबेला भइसक्यो। गाडी भिमान कटीसक्यो। कोठामा हुँदा पनि केहि चित्ति वा मेसेज छोडौ कि सोचेको थिए तर आश पलाउला भनेर छाडेको थिन। अहिले मलाई चिन्ता लाग्न थाल्यो, कहिँ आसिफलाइ मैले गर्दा चिन्ता त हुने है, उ आत्तिएर प्रहरीकोमा पुगे भने? अब के गर्ने? होटेलको नाम याद थियो, म्यापमा होटेलको नम्बर खोजे र होटेलमा फोन गरेर उसको लागि सन्देश दिए।
एकछिन पछी आसिफको फोन आउछ, मलाई उसंग बोल्नु थिएन। अह उठाइन। फेरी फोन आउछ,फोन काटे। तेस्रो पटक उसले फोन गरेपछि मोबाइल नै अफ गरे। धेरै सोच बीच ठिमी पुगे र मोबाइल अँन गरे। घर पुग्ने बित्तिकै फेरी पनि आसिफको फोन आयो।
म जे गर्दै छु गलत गर्दै छु महसुस भयो र
