Part 37

शनिबारको दिन हामि पाइलट बाबा पुगेको थियौ| बसेर गफ गर्दै थियौ, बुवाको फोन आयो| उनले लाउड स्पिकरमा नै बोल्न लगाइन् मलाई|

“हेल्लो, कहा छौ छोरा?” बुवाको फोनबाट आमाले फोन गर्नु भएको थियो|

“साथिसंग घुम्न आएको छु|” आधा झुठ बोले| कि आधा सत्य बोले|

“घर पुगेर फोन गर है|” त्यति भनेर फोन राख्नु भयो| सहदै फोन गर्दा के छ, खान खाइस, सोध्ने, आज केहि सोध्नु भएन| अचम्म| केहि जरुरि थियो कि, बोल्न मन लागेर मात्र फोन भएको|

“के रैछ? फोन राखी हाल्नु भयो त|” रोजितालाइ पनि अचम्म लागेछ|

“तिमि छेउमा छौ थाहा भयो के मामुलाइ| नत्र मज्जाले तिम्रो कुरा काटेर बस्नु हुन्थियो|” जिस्किने मौका खेर फ्यालिन मैले|

“मामुले जे भने नि पाउनु हुन्छ तर हजुरले मेरो कुरा काट्नु भयो भने हजुरको जिब्रो काटिदिन्छु|” घुर्काएकी हुन् कि थर्काएकी, उनि जानुन्|

“अनि म बोल्नु कसरि?” माया लाग्ने अनुहारलाई स्वरको साथी दिएर प्रश्न गरे|

“किन बोल्नु पर्यो| जति बोल्नु बिहे अघि बोल्नु, बिहे पछी मैले भनेको सुन्ने मात्र हो|” उनले त मलाई जोइतिन्ग्रे नै बनाउन खोज्दै थिइन्|

“खुबै| जे पनि भन्ने है| तिमीलाई थाहा नै छैन बिहे पछी के हुन्छ| पहिलो बर्ष केटाले बोल्छ, केटीले सुन्छे मात्र| दोस्रो बर्ष, केटीले मात्र बोल्छे अनि केटाले सुन्छ मात्र| तेस्रो बर्ष चाही दुवै कराउछन्, झगडा गर्छन अनि सुन्न चाही छिमेकले सुन्छ|” धेरै पहिले यो कहिँ पढेको थिए|

“त्यसैले त| छिमेकीले केहि नासुन्नुस परोस् भनेर हजुरको जिब्रो काटिदिने हो|” साच्चिकै मेरो जिब्रो काट्छु जस्तो पो गरिन्| बिहे गर्नु अघि जिब्रोको बिमा चाही गर्नु पर्ने भयो|

“तिम्रो जिब्रो काट्दा हुदैन? तिम्रो काट्दा पनि छिमेकीले सुन्न पर्दैन केहि|” उनको हतियारले उनलाई नै गाह्रो पार्ने प्रयास सुरु भयो|

“त्यस्तो त गर्न नै हुन्न| गाउ छिमेकले के भन्छन? बिहे गरेर ल्याएर मेरो छोरीको जिब्रो काटिदियो भन्दै आमाले हजुरलाई जेल हाल्नु हुन्छ|” कस्तो के, जवाफ तैयार पारेर बसेकी थिइन् उनले| यसरि सबै कुराको जवाफ दीइन् भने, उनलाई कसरि हराउनु मैले यो शब्दको युद्धमा|

“त्यसो भए बिहे अघि काटौला तिम्रो जिब्रो| हुन्छ?” मेरो अर्को प्रयास उनले जित्ने|

“त्यस्तो त झनै हुन्न| हजुरको बेइजत हुन्छ| यस्तो राम्रो केटा, बुढी चाही लाटी ल्याएछ भन्दैन हजुरलाइ?” अब यसको जवाफ के दिनु मैले?

“ल सकिन मैले तिमिसंग| हार माने मैले|” आफ्नो हार स्वीकार गरे|

“जितेको मान्छेलाइ उपहार खै?” आज उनले खान चाही के खाएकी छिन्? बोले पिछे मलाई गाह्रो पार्छिन्|

“के चाहियो भन?” उनलाई नै सोधे उनलाई के उपहार चाहियो भनि| उनले चन्द्रमा तारा मागिन् भने दिन सक्दिन, हिरा मोति मागिन् भने दिदिन| ज्यान उनले माग्दै माग्दिनन्| बाकि जे मागे पनि, सके दिम्ला नसके लाज पचाएर हासिदिम्ला|

“मामुले बेलुका हजुरलाई जे भन्नु हुन्छ, मलाई पनि भन्नु पर्छ|”:जाबो यति मागेकी थिइन् उनले| हुन्छ भन्छु तिमीलाई भनि सहमति जनाए| दिन उनिसंग नै बित्यो| 5 बजे खाजा परेको थियो पेटमा, बेलुकाको खाना नखाने भएको थिए| पाइलट बाबाबाट फर्किदा काठमाण्डौको धुवा धुलोले नुहाए पछि, कोठा पुग्ने बित्तिकै पानिलाई पनि मौका दिए आफ्नो शरीरलाइ भिजाउन|

नुहाउनु अघि रोजितालाई मेसेज गरे भनि मेसेज पठाएको थिए| नुहाएर फर्किदा मेसेज आइसकेको थियो उनको| “मामुले के भन्नु भयो?” फोन नै गरेको थिइन मैले| कफी बनाए र चुरोट सल्काउदै मामुलाइ फोन गरे| मामुले फोन उठाउन जहिले समय लिनु हुन्थियो| मोबाइल कहिले संगै नराख्ने, अनि फोन आएसी मात्र मोबाइल खोज्ने बानि मामुको|

दिउसो सोध्न बाकि रहेको हालखबर अहिले सोध्नु भयो| खाना खाइस नसोधेर “बाहिरबाट नै खाएर आएको होला?” भनि प्रश्न पनि गर्नु भयो| बिहेको कुरा चल्दै रैछ घरमा| मेरो बिहेको कुरा| घरमा रुद्री पुजा लगाउने बाजेले लमीको पनि काम गर्ने रैछन्| उमेर पनि पुगेको, जागिरमा गएर गिरि सकेको, घर पनि राम्रो, बानि बेहोरा र अनुहार पनि राम्रो| मेरो बारेमा यस्तै केहि भनेको हुनुपर्छ त्यो बाजेले केटीको घरमा| मामुले बाजेले कुरा चलाएको केटिको फोटो हेर्नु भएको रैछ, मन परेछ| परिवार पनि राम्रै रे अनि केटि ब्यांकमा काम गर्ने रैछिन्| मामुलाइ मन पारेर मात्र नहुने, मलाई पनि मन पर्नु पर्यो| फेरी मामुलाइ के थाहा, मलाई अरु कोहि मन परि सकेको छ भनि| मामुले त्यहि केटिसंग अहिले नै बिहे गर भनेर जिद्दी गरिहालेको हैन, तर छोराले बिहे गरोस भन्ने चाहना| त्यहि चाहना व्यक्त गर्नु भएको|

“अझै एक बर्ष छोराको बिहे नसोच्नु| एक बर्ष पछी मात्र तैयारी गर्ने| अनि त्यसको अर्को बर्ष बिहे गर्ने|” यसरि नै मामुलाइ मनाए| मामुलाइ फकाउन गाह्रो छैन| जे भने पनि मान्नु हुन्छ| आमाको माया|

मामुसंग फोन सक्याएर, रोजितालाइ फोन गरे| “के भन्नु भयो मामुले?” फोन रिसिभ गर्ने बित्तिकै उनको पहिलो प्रश्न यहि थियो| बिहेको कुरा हो भनि भने उनलाई|

“मेरो बारेमा किन नभन्नु भएको मामुलाई|” उनले जिस्किएर सोधेकी हुन् तर यो प्रश्नको जवाफ सम्हालिएर दिनु पर्छ मैले नत्र उनि रिसाउन बेर लाग्दैन|

“दुवै तिर संगै भन्ने हो|” सुरक्षित महसुस गरे यति जवाफ दिएर|

सुरक्षित त भए तर अर्को मुस्किल आइपर्यो| यहि बर्ष बिहे गर्ने भनि जिद्दी गर्न लागिन्| कस्तो जिद्दी हो फेरी यो| भाडाकुटी खेलेको हो र भन्ने बित्तिकै हुनलाइ? उनलाई सम्झाउन बुझाउन धेरै नै गाह्रो भयो| उनलाई अचानक के भुत चढेर आएको यो फेरी, बिहे गरि हाल्नु पर्ने| त्यो पनि यहि बर्ष| रिसाउन दिनु भएन उनलाई| यो हैन अर्को बर्ष बिहे गरौला भनि सहमतिमा पुर्याए|

बिहे गर्न मन नभएको हैन| उनिसंग बिहे गर्न मन नभएको हैन| म पनि चाहन्छु उनीसंग बिहे गर्न तर अहिले नै हैन| उनको पनि पढाइ सकिएको थिएन| पढाइ सकियोस्| मायाले कसैको घरको चुलो बल्दैन| अभको दुइ बर्षमा मैले पनि केहि सोचेको छु| त्यसपछि उनलाई पनि खुसि राख्न सक्छु| उनको पनि इच्छा होलान्, त्यो पनि पुरा गर्नु सक्छु| यस्तै धेरै कारणले नै मैले अझै दुइ बर्ष पछी मात्र बिहे गर्ने भनेको थिए तर उनको जिद्दीले गर्दा एक बर्ष पछी बिहे गर्न राजि भए| मामुलाई फकाउन जति सजिलो भएन उनलाई फकाउन|

मैले सहमति जनाउने बित्तिकै हास्न लागिन् उनि| अचानक के भयो उनलाई फेरी? माता चढ्यो कि के हो| उनले मेरो मन चोरेको रैछिन्| मैले के भन्छु भनि जान्न खोजेकी| बिहे त उनलाई पनि अहिले गर्ने मन हैन, पढाइ सकिएपछी मात्र बिहे गर्ने सोचेकी थिइन् उनले पनि| तर के यो जिस्किने बिषय हो र? मलाई झनक्क रिस उठ्यो| फोन राखे र सुत्न गए| उनले फोन गरेको गरेई पछी, झनै रिस उठ्यो र फोन अफ गरिदिए….

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts