मलाई शंका छ, शंका गलत शब्द हो, मलाई के आवास हुदै छ भने उनि म प्रति आकर्षित छिन| जसरि मलाई उनि मन पर्छिन्, उनको मनमा पनि म प्रति त्यहि भावना छ| उनले पनि मलाई मन पराउछिन्| उनको मनमा पनि त्यहि भावना छ जुन मेरो मनमा छ| तर यो सबै मलाई लागेको मात्र हो, मेरो अनुमान मात्र हो| उनको मनमा के छ भनि मैले अनुमान मात्र गर्न मात्र मिल्छ तर उनको मनमा के छ उनलाई मात्र थाहा छ| उनको मनमा के छ मैले बुझ्न खोजेर पनि बुझ्न सक्दिन र बुझ्न चाहेर पनि बुझ्न सक्दिन| उनको मनको बात उनलाई थाहा छ अनि उनको भावनामा उनि मात्र भिजेकी छिन्| मनको भावना च्यापेको मुत जस्तै हो, त्यसमा भिज्ने भनेको खुद हो| उनको भावनामा भिजेर उनि आनन्द लिदै होलिन् र म आफ्नो भावनाको आनन्द लिदै छु|
सुरुमा गफ सामान्य थियो| गफले कलेजको मोड लियो| थोरै कलेजको गफ अनि गफ हुन लाग्यो साथि भाइको| साथि भाइको गफ पनि सकियो अनि गफ सुरु भयो बाल्यकालको| बाल्यकालको गफ सुरु भएको मात्र थियो कुरा अन्तै तिर मोडियो| गफ मोडियो नर्सरी कक्षाको गफ तिर| सुरु भयो पढाइको कुरा| पढाइबाट सुरु भएको गफ, कुन बिषय मन पर्छ भन्ने तिर मोडियो| मलाई गणित गाह्रो लाग्ने अनि अंग्रेजी मन पर्ने| उनलाइ गणित मन पर्ने अनि सजिलो पनि लाग्ने| हामि बीच यहि भिन्नता लाग्यो|
“तिमीलाई साच्चिकै math आउदैन हो?” उनले जिस्काउनको लागि गरेको प्रश्न हुनुपर्छ यो|
“कोसँग कति पैसा लिनु छ, कसलाई कति दिनु छ हिसाब गर्न आउछ| खै math आउछ कि आउदैन भन्नु|” मैले सोझो जवा दीईन|
“त्यो भनेको मात्र math हो र?” उनको प्रश्नको स्तर बढ्दै छ|
“के हो त math भनेको?” उनलाई नै जवाफ दिने मौका दिन खोज्दै छु म|
“अब तिमि नबुझ्ने मान्छेलाइ के भन्नु math भनेको| अन्धोलाइ के थाहा मेनुकाको होलिका को?” उनले मन पोल्ने गरि जवाफ दीईन् मलाई| मैले कुनै ठाउ नै बाकि नराखी जवाफ दिएकी थिइन् उनले| चुप लाग्न सक्थीए तर त्यो उपयुक्त हुन्थिएन| उनलाई के जवाफ दिनु भनि सोच्न लागे|
“तिमीलाई चाही कुन बिषय गाह्रो लाग्छ?” मैले घुमौरो पाराले प्रश्न गरे| एउटा सानो आशा च, कहिँ उनलाई पनि मैले उनले मलाई पेलेको जस्तै पेल्न पाउछु कि भनि|
“मलाई english थोरै गाह्रो लाग्छ|” उनको यो जवाफ पछी म ढुक्क भए कि मैले उनलाई पेल्न पाउछु भनि| तर उनको खिल्ली गर्नु मलाई नै भारि पर्ने हो कि भनि सोच्न बाध्य भए| जे पर्ला पर्ला भनि उनीसंग जिस्किने निधो गरे|
”जाबो english कसलाई गाह्रो लाग्छ| english त पढे पनि pass भइन्छ, नपढे पनि|” उनलाई जिस्काउने मौका खेर नाफ्याल्दै जवाफ दिए|
“सबैलाई english आउन पर्छ भन्ने छ र?” उनको यो प्रश्न, अनि मैले सोचि सके, मेरो अबको प्रश्न के हुन्छ भनि|
“त्यसरी नै सबैलाई math आउन पर्छ बह्न्ने छ र?” मैले प्रश्न गरे तर मेरो प्रश्नको जवाफ नआउदै उनि उत्रिने स्टेसन आयो| उनि जानु पर्ने भयो| गाडीबात गइन् उनि तर मनमा चाही अझै पनि छिन्|
भोलि पल्टको कुरा हो| सिड आयो अनि मेरो मोबाइल माग्यो| मैले किन भनि सोधे तर उसले जवाफ नदिएर सिधै मेरो मोबाइल खोस्यो| मैले पनि कुनै आपत्ति व्यक्त गरिन र केहि बेर पछी मेरो हातमा मोबाइल दिदै उसले भन्यो
