Part 8

प्रहरीलाइ छलेर भएपनि पुग्छु सोच्यो दिमागले, दिमाग हैन मदिराले| तर सोचेको जस्तो नहुने, प्रहरी दाइले समाते| के गर्ने, कसो गर्ने, केहि पत्तो भए पो मलाई| पहिलो पटक मापसे मा फसेको म| लाइसेन्सको सट्टा १००० को नोटले कुरा मिलाउन खोजे, झन् रिसाए ट्राफिक दाइ| 

ट्राफिक प्रहरी: “भाइ कोहि लासेन्स भएको मान्छे छ भने बोलाए हुन्छ, नत्र बाइक छाड्नु पर्छ|”
म: “लाइसेन्स मात्र राख्दा हुन्न?”
ट्राफिक प्रहरी: “ लाइसेन्स मात्र राख्यो भने, तिमीले अगाडी गएर कसैलाई ठोकेउ भने नि?”
म: “ठोक्दीन दाइ, म चलाउन सक्ने हालतमा छु|”
ट्राफिक प्रहरी: “ सबैलाइ त्यस्तै लाग्छ भाइ| मान्छे छ भने बोलाउ नत्र ट्याक्सी चढेर घर जाउ|”

अघि १००० को नोट देखाउदा ट्राफिक दाइ बिच्किसकेका छन्, मैले अरु केहि जिद्दी गरे भने, कि मलाई खोरमा हाल्छन कि चुटाइ भेट्ने हो मैले| त्यति मज्जाले रक्सि पिएर बसेको थिए, किन जान्ने हुनु परेको म! खुरुक्क, जान्ने नबनेर, रम्दै रक्सि पिउन सक्थिए नि| इस्मीलाइ खोज्न किन आउनु परेको म| आए ठिक छ तर जान्ने भनेर ट्राफिक प्रहरी देख्दा देख्दै किन अघि जानु पर्ने|
बाइक यहि छाड्न मन छैन| फोन गरेर कसलाई बोलाउनु भनि सोच्न लागे| शिशिर दाइलाई बोलाउन मिल्दैन| उहाहरु पनि मजस्तै फित्तु हुनुहुन्छ| फेरी यहाँ आउनु अगाडी उहालाई केहि नभनी आएको छु, कुन मुखले बोलाउनु| अरु मापसेमा फस्दा “दुइटा प्वाल हुने भयो|” भनि जिस्काउने म, आज आफुलाई यो अवस्थामा पाउदा, अप्ठेरो हुने रैछ भनि थाहा पाउदै छु|
यहि नजिकको साथिलाइ बोलाउदा सजिलो हुन्छ| जडिबुटी बस्ने एउटा साथि छ| उसलाई बोलाउनु उपयुक्त हुन्छ| फोन गरे, उ आउने भयो| हुन्न भन्छ सोचेको थिए तर एक बचनमा हुन्छ भन्यो| फोन गरेको ५ मिनेटमा आयो| उनि अनि एउटा अर्को साथि गरेर दुइ जना आए एउटा बाइकमा| एउटाले मेरो बाइक हाक्ने अनि अर्कोले उनीहरु आएको बाइक| ट्राफिक प्रहरीले पहिलो साथि, सुशान्तको लाइसेन्स हेर्यो र उसलाई बाइक लान दिन अनुमति दियो| तर दोस्रो साथि, निदेश हो उसको नाम, उ आफै रक्सिको नशामा रैछ| 

म मापसेमा फसेको मान्छेलाइ लिन, आफै झ्याप भएर आएको रैछ| उ पनि फस्यो मसंगै| फसाद परेन त| अब के गर्ने? सुशान्तले फोन गरेर दुइ तिन जना साथि जम्मा गर्यो| कोटेश्वर चौकमा, ८ जना केटाको हुल जम्मा भयो| ८ जनामा 7 जना झ्याप| म एक जनाले गर्दा अरु ६ जना पनि फसे| हैन म पो मुर्ख, झ्याप भएर मापसेमा फसे| उनीहरुले दिमाग लगाउनु पर्छ नि| झ्याप छु भनि न आउन सक्थिए उनीहरु| म भन्दा बडेमान\को मुर्ख छन् उनिहरु| निकै नै मुर्ख| 

सुसान्त मात्र होसमा छ तर .. तर उसले नै नसोची बोल्दै छ| उसले ट्राफिकसंग चाहिदो नचाहिदो बिबाद गर्दैछ| के बोल्नु हुन्छ के बोल्नु हुन्न मलाई थाहाछैन, त्यसैले म चुप नै बसीरहे| सुसान्तले सबै सम्हाल्छ सोचेको, झन् कुरा बिग्रेला जस्तो छ| चर्काचर्की पर्दै छ| इस्मीको फोन आयो यहि बेला|

म: “कहाँ छौ?”
इस्मी: “घरमा| आफ्नो कोठामा|”
म: “के मा गयौ भन्नु पर्छ नि|”
इस्मी: “पठाओमा| के मा हुनु|”
म: “अनि अघि पाएन भनेको हैन|”
इस्मी: “जिस्किएको पो| तिमीले फोन उठाएनौ, तिमि बाटोमा होलाउ सोचे| त्यसैले आफै अर्को पठाओमा आए| ८ बजे नै पुगेको म|”
इस्मीको यो वाक्यले मलाई क्रोधित बनायो| उसले झुठ किन बोलेको होला के| उसले गर्दा म अहिले कोटेश्वर चौकमा छु| हुन त म मुर्ख हो, उसले आउ पनि भनेको थिईन, म आफै जान्ने भएको| तर उसले पनि सोच्नु पर्ने हो नि, मान्छेलाइ मात्तिएको बेला, के मजाक र के सत्य ध्यान हुन्न भनि|
म: “अनि अघि किन झुठ बोलेको, शंखमुल टावरमा छु भनि|”
इस्मी: “त्यो त जिस्किएको पो| मैले प्र्यान्क गरेको, तिम्रो मोबाइलमा हेरेर हेल्लो भन त|”
अरे बाबा| वाह| जिस्किएको रे| को यसरि जिस्किन्छ रे?  मान्छे मारेपछी, जिस्किएर मारेको जस्तै भएन यो? मन परि गर्न पाइन्छ? फेरी अझै पनि जिस्किदै नै छिन्| क्यामेरामा हेरेर हेल्लो भन्नु रे, त्यो पनि मेरो मोबाइलको क्यामेरामा| कस्सम भनेको, अरु कसैले यस्तो मजाक गर्यो भने, ३२ वटा दात मध्य १६ वटा दात भुइमा हुन्छ त्यो मान्छेको| इस्मी मज्जाले उनको कोठामा बसेर गफ गर्दै छिन् अनि उनले गर्दा, म यहाँ कोटेश्वर चौकमा समस्या बीच उभिदै छु|
“कहाँ छौ|” म सोच्न लागेछु, अनि इस्मीले प्रश्न गरिन्| मलाई उसंग बोल्न छैन तर पनि जवाफ दिनु पर्छ मैले|
“कोटेश्वर चौक|” मैले जवाफ दिए|
“किन?” इस्मीको प्रश्न| जवाफमा “तिमीले गर्दा” भन्न मन छ तर उनको मन दुख्छ| के भन्नु भनि सोच्न लागे| एकछिन सोच्दै मात्र थिए, मेरो मोबाइल, मेरो हातबाट कसैले खोस्यो| कसले भनि हेर्न खोज्छु तर…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts